पुस ७, काठमाडौं । सातो तेस्रो कारोबार दिन बुधवार बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २२६ ओटा धितोपत्र मध्ये शिवम् सिमेन्टको धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २३४ दशमलव २० पुगेको छ ।
बुधवार बजार बढेसँगै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा विक्री माग शून्य रहेको छ भने खरीद माग ५२ हजार ३१७ कित्ता शेयर खरीद माग रहेको छ ।