आज पनि शेयर बजारमा हरियाली, ५४ अंकले सूचक बढ्दा ४ अर्ब बढीको कारोबार

आज सोमबार पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५४.४५ अंकले बढेर २१३२.९६ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २१४ कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता शेयर खरिद बिकीबाट ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९ सय ४१ रुपैयाँ ३७ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबै भन्दा धेरै १५ करोड २९ लाख, अरुण काबेली पावरको १४ करोड ५१ लाख, नेपाल टेलिकमको ११ करोड ५१ लाख, हिमालयन डिस्टिलरीको ११ करोड ४९ लाख तथा अपर तामाकोशीको १० करोड ६० लाख बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सबैभन्दा धेरै ७.९ प्रतिशत तथा विकास बैंक समुह ५.८४ प्रतिशतले बढेको छ। त्यस्तै हाइड्रो समुह ४.५ प्रतिशतले बढेको छ । आज नारायणी विकास बैंक, मल्टीपर्पोज फाइनान्स, सुर्योदय वोमी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रो लगायत १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बढी गुमाउने ऋणपत्र र सामुहिक लगानी कोषका इकाईहरु रहेका छन् । यस अघि हिजो आइतबार शेयरबजार परिसूचक नेप्से ६१.०५ अंक अर्थात् ३.०३ प्रतिशतले बढेर २०७८.५१ को बिन्दुमा पुगेर रोकिएको थियो । आइतबार २ अर्ब ७३ करोडको कारोबार भएकोमा आज कारोबार रकम ४ अर्ब बढी रहेको छ । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले लगानीकर्ताहरुले उठाई रहेका ब्यबस्था परिमार्जन गरेपछि लगानीकर्ता उत्साहित भएका हुन् । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत कायम गरेको छ। त्यस्तै शेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु १२ करोड कायम गरिने उल्लेख छ । ४/१२ भनेर परिचित यस नीतिमा ४ खारेज भएर १२ को सीमा कायम रहेको हो।   शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने मौद्रिक नीतिमा उल्लेख छ।  

सम्बन्धित सामग्री

शेयर बजार सामान्य घट्यो, कारोबार रकम पनि घटेर तीन अर्ब भन्दा तल

काठमाण्डौ – शेयर बजार सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार १ सय ८३ दशमलव २१ विन्दुमा झरेको छ । आज फाइनान्स, माइक्रोफाइनान्स र विकास बैंकको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम पनि घटेको छ । दुई सय ५४ वटा कम्पनीका ७७ लाख ६४ हजार कित्ता शेयर दुई अर्ब ८६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धरै समृद्धी फाइनान्सको नौ करोड ७० लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो । समृद्धी फाइनान्सको शेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि लुम्बिन...

आज पनि घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

शेयर बजार आज पनि घटेको छ । शेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ । लगातार तेस्रो दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६१ अंकले घटेर एक हजार नौ सय १७ दशमलव २८ विन्दुमा झरेको छ । आज दुई सय ४६ वटा कम्पनीका ८० लाख ९२ हजार कित्ता शेयर एक […]

शेयर बजार सामान्य घट्याे, कारोबार रकम पनि ओरालो

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि घटेको छ । बजार खुलेदेखि नै घटबढ भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा दुई दशमलव ५७ अङ्कले घटेर एक हजार नौ सय ५६ दशमलव ३६ विन्दुमा झरेको छ ।  आज फाइनान्स, बीमा र अन्यबाहेक अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकम हिजो साेमवारभन्दा आधाले घटेको छ । दुई सय २६ वटा कम्पनीकाे २७ लाख ७३ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ३१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।   आज कालिका लघ...

शेयर बजार ४ अंकले बढ्यो, कारोबार रकममा पनि सुधार

काठमाण्डाै – शेयर बजार आज बिहीवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव १५ अंकले बढेर एक हजार ८ सय ७० दशमलव ६३ विन्दुमा पुगेको छ । आज जलविद्युतबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । २ सय २२ वटा कम्पनीकाे २६ लाख ९८ हजार कित्ता शेयर ८२ करोड ९६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ४० लाख र नेपाल लाइफ इन्सुरेन्सको तीन करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज अभियान लघुवित्तको शेयर १० प्रतिशत र रुरु हाइड्रोको ...

लगातार तेस्रो दिन शेयर बजार घट्यो, कारोबार रकममा पनि कमी

काठमाण्डाै – लगातार तेस्रो दिन आज बुधवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ११ अङ्कले घटेर दुई हजार ५७ दशमलव ६८ विन्दुमा झरेको छ ।  आज उत्पादन र लगानीबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय १८ वटा कम्पनीकाे ४६ लाख ४० हजार कित्ता शेयर एक अर्ब ९३ करोड ५५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज हिमालयन एभरेस्ट इन्सुरेन्सको शेयर १० प्रतिशतले घट...

शेयर बजार ६० अङ्कले बढ्यो, कारोबार रकममा पनि सुधार

काठमाण्डाै – केही दिनयता लगातार ओरालो लागेको शेयर बजार आज बुधवार भने ६० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६० दशमलव २२ अङ्कले बढेर दुई हजार ८० दशमलव ४४ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर आज बजार हरियो देखिएको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय ३१ वटा कम्पनीकाे ५० लाख पाँच हजार कित्ता शेयर एक अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको पाँच करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सामुदायिक लघुव...

शेयर बजार झन्डै २० अङ्कले घट्यो, कारोबार रकममा भने सुधार

काठमाण्डाै - कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ९७ अङ्कले घटेर दुई हजार तीन सय ५६ दशमलव २० बिन्दुमा झरेको छ । सबै समूहको शेयर आज ओरालो लागेको छ । नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । दुई सय २६ वटा कम्पनीका ४५ लाख ७४ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्स्याेरेन्स कम्पनीको पाँच करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै गुहेश्री मर्चेन्ट&...

भोलि आइतबार शेयर बजार बन्द रहने

३ पुस, काठमाडौं । भोलि आइतबार शेयर कारोबार खुला नहुने भएको छ । सरकराले उधौली पर्व तथा योमरी पुन्हीका अवसरमा सार्वजनिक बिदा दिने भएकाले आइतबार शेयर बजार पनि बन्द रहने भएको हो । शेयर बजार सार्वजनिक बिदाका दिनहरुमा बाहेकहरेक साता आइतबारदेखि बिहीबारसम्म खुला हुने गरेको छ । सरकारले काठमाडौं उपत्यकामा मात्रै बिदा दिएको अवस्थामा पनि […]

शेयर बजार सामान्य घट्यो, कारोबार रकम चार अर्ब रुपैयाँ पनि पुगेन

काठमाण्डाै – कारोबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २२ अङ्कले घटेर दुई हजार सात सय ३१ दशमलव ७८ विन्दुमा झरेको छ । आज बैंकिङ, होटल र अन्यबाहेक सबै समूहको शेयर घटेको छ । आज विकास बैंक, बीमा, व्यापार र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ३३ कम्पनीका ७४ लाख ८६ हजार कित्ता शेयर तीन अर्ब ७८ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको २६ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । ...

साताको अन्तिम दिन शेयर बजार राताम्मे

काठमाडौँ । साताको अन्तिम दिन आज (बिहीबार) शेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको शेयर बजार १२ बजेसम्म करिब ६९ अङ्कले घटेको छ । शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिदा एउटा बाहेकका सबै कम्पनीहरु घटेका छन् । यद्यपि, २ म्युचुअल फन्ड र एउटा डिबेञ्चर भने बढेको छ । […]