जुम्लामा अहिले स्याउको समय

जुम्ला, भदौ २३ । जुम्लाका किसानलाई यो समय स्याउ टिप्न भ्याइनभ्याइ छ। स्याउ टिपेर व्यापारीलाई बेच्न किसान लागि परेका छन्। स्याउको बगैंचामै व्यापारी पुगेर लिन थालेपछि किसानलाई निकै राहात मिलेको छ। अहिले बगैंचा राताम्य छन्। गाडी र झाडीमा समेत स्याउ नै स्याउ छ। जहाँतहीँ स्याउको सिजन हुँदा जुम्लाको सुरन्दरतामा साथ मिलेको छ। स्याउ किसान जीवनबहादुर […]

सम्बन्धित सामग्री

जुम्लामा स्याउ पाकेपछि बगैंचामै पुगे व्यापारी, किसानलाई किलोको ५० रुपैयाँ

जुम्ला । जिल्लाका किसान यतिबेला बगैंचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरीद गर्न किसानको बगैंचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान सत्यदेवी पाण्डेले जानकारी दिइन् । ‘पाकेको स्याउ किन्न किसानको बगैंचामा पुगेर खरीद गरेका छौं,’ स्थानीय स्याउ व्यापारी तुल तिरुवाले भने, ‘स्याउको गुणस्तरीयता हेरेर मूल्य निर्धारण गरिएको छ ।’ उनका अनुसार अहिले किसानको बगैंचाबाट प्रतिकेजी रू ५० मा स्याउ खरीद गर्ने गरिएको छ । करीब ७० क्विन्टल स्याउ खरीद गरी सुर्खेत विक्री गर्न लगिएको तिरुवाको भनाइ थियो । ‘स्थानीय र गोल्डेन जातका स्याउ लगाएको छु । घरमै प्रतिकेजी रू. ५० मा विक्री शुरु गरेका छौं,’ किसान गोरीकला रोकायाले भनिन्, ‘यहाँबाट किनेर स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लगेर विक्री गर्ने गरेका छन् ।’ जिल्लाका किसानदेखि उद्यमी तथा समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले दुवै जातका स्याउ मिलाएर व्यापारीले लिने गरेको यहाँका किसान बताउँछन् ।  जिल्लामा भएको स्याउ उत्पादन र यहाँबाट भएको निर्यातको विवरण सङ्कलन गर्ने जिम्मा नाग्म प्रहरी चौकीलाई दिइएको कार्यालयका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार भदौको अन्तिम सातामा जिल्लामा कुल उत्पादन भएको र निर्यात गरिएको तथ्याङ्क सार्वजनिक गरिनेछ ।  गत वर्षभन्दा यस वर्ष ४० प्रतिशतले स्याउ उत्पादन घटेको अनुमान गरिएको प्रमुख अधिकारीको भनाइ थियो । जिल्लाका आठओटै स्थानीय तहमा जुम्ली, इटाली, गाला, गोल्डेन, फुर्जी र जोनाप्रिन्सलगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । साउनमा काँचो स्याउ बजारमा विक्री हुन थालेपछि यहाँका स्थानीय तहले विक्रीका लागि सिफारिस अनिवार्य गरेका थिए । परियोजना कार्यान्वयन एकाइका अनुसार जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन् । चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रासस

जुम्लामा पचास करोडको स्याउ उत्पादन

यस वर्ष जुम्लामा करिब ५० करोड रुपियाँको स्याउ उत्पादन भएको छ । एक नगरपालिकासहित सातवटा गाउँपालिका रहेको जुम्लामा यस वर्ष स्याउको उत्पादन राम्रो भएको हो । कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार यस वर्ष जुम्लामा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ फलेको अनुमान गर्नुभयो । अहिले जुम्लाको स्याउ निर्यातको तथ्याङ्क राख्न कालीकोट र जुम्लाको सीमामा रहेको नाग्म प्रहरी चौकी र जुम्ला विमानस्थलबाट बाहिरिने स्याउको तथ्याङ्क सङ्कलन गर्न विमानस्थल प्रहरीलाई जिम्मा दिइएको छ ।

स्याउमा बढ्दै लगानी

जुम्लामा स्याउमा व्यावसायिक लगानी बढ्दै गएको छ । अहिले जिल्लाका विभिन्न ठाउँमा ठूलो लगानीमा फुजी स्याउको व्यावसायिक खेती गर्नेहरू बढिरहेका छन् । गुठीचौर गाउँपालिका–५ जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैंचा स्थापना भएको छ ।

जुम्लामा अहिले स्याउको समय

अहिलेसम्म दुई सय मेट्रिकटन स्याउ जिल्ला बाहिर निर्यात भएको छ। बगैंचामै व्यापारीले प्रतिकेजी ६० रूपैयाँमा स्याउ खरिद गर्ने गरेका छन्। यहाँको लागि सबैभन्दा नजिकैको बजार सुर्खेत हो। त्यसपछि कोहलपुर, नेपालगन्ज हुँदै काठमाडौं र पूर्वको बजारसम्म जाने गरेको छ।...

नेपालगञ्ज बजारमा जुम्लाको अर्गानिक स्याउ

बाँके– अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ । नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तो […]

जुम्लाका किसान ओखर खेतीमा आकर्षित

जेठ ८, खलङ्गा । जुम्लाका किसान पछिल्लो समयमा ओखर खेतीप्रति आकर्षण बढ्दो छ । गाउँका स्थानीयवासी यतिबेला हूल बाँधेर हिमाली लेकमा मात्र पाउने अमूल्य जडीबुटी यार्सा टिप्ने चटारो भएको छ ।  यहाँको तातोपानी गाउँपालिका–७ का स्थानीयवासी सूर्य बुढालाई भने नर्सरीमा ग्राफ्टिङ गरिएका ओखर र स्याउको रेखदेख गर्न भ्याइनभ्याई छ । स्याउ र ओखर नर्सरी अहिले बुढाका लागि घरमै बसेर आम्दानी गर्ने भरपर्दो काम बनेको छ । उनले यो वर्ष ओखरबाट ५ लाख रुपैयाँ सम्म आम्दानी गर्ने लक्ष्य लिएको बताए ।             गत वर्ष झण्डै १ हजार स्याउका बिरुवा बेचेका बुढाले यस वर्ष ७००ओटा  ओखरका बिरुवा ग्राफ्टिङ्ग गरेका छन् । तुलनात्मक रूपमा स्याउभन्दा ओखर ग्राफ्टिङ कमै सफल हुन्छ । जुम्लामा स्थानीय स्याउ प्रतिबिरुवा ५० देखि १०० रुपैयाँ र ओखर प्रतिबिरुवा १ हजार रुपैयाँमा विक्री हुने गरेको छ । तातोपानी गाउँपालिका–८ का विष्णु थापाले पनि व्यावसायिक नर्सरी खेती गरेका छन् । नर्सरीमा जङ्गली हाडे ओखरको मौज्दात प्रयोग गरिंदै आएको उनले बताए । जुम्लामा कुल १७० हेक्टरमा ओखर खेती भइरहेको प्रधानमन्त्री कृषि आधुनिकिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख नवराज भण्डारीले बताए ।          पछिल्लो समयमा यहाँका किसानले ओखर खेतीमा राम्रो गरेका छन् । जिल्लामा करीब नौ हजार कृषकले ओखर खेती गरेको पाइन्छ । ओखर खेतीको राम्रो सम्भावना हुँदाहुँदै पनि बिरुवा उत्पादनमा चुनौती देखिएको प्रमुख भण्डारीले जानकारी दिए । उनका अनुसार किसानका नर्सरीमा ५० प्रतिशत र अनुसन्धान केन्द्रमा झण्डै ७० प्रतिशत ग्राफ्टिङ सफल हुने गरेको छ, अहिले जुम्लाको ९० हेक्टर क्षेत्रफल जमीनमा ओखर फलिरहेको छ । औसतमा एक रूखमा ३० किलोसम्म ओखर उत्पादन हुने गरेको प्रमुख भण्डारीले बताए।             गत वर्ष यहाँ २७० मेट्रिक टन ओखर उत्पादन भएको थियो । कुल उत्पादनको ३० प्रतिशतबाहिर निर्यात हुने गरेको छ भने ६० प्रतिशत स्थानीय बजारमै खपत हुन्छ । सिजनमा कृषकले ओखर प्रतिदाना  पाँचदेखि १० रुपैयाँसम्ममा विक्री गर्छन् । यस वर्षदेखि ओखरको तथ्याङ्क तयार पार्ने, ओखरका जात छुट्टिने गरी नर्सरी स्थापना गर्ने, गुणस्तरहीन उत्पादन गर्नेलाई निरुत्साहित गर्नेलगायत काम भइरहेको छ ।             हालसालै टर्कीबाट आयात गरिएका बिरुवाको गुणस्तरीयता अध्ययन गर्ने र उक्त ओखर लगाएका कृषकसँग अन्तरक्रिया कार्यक्रम पनि भइरहेको प्रधानमन्त्री कृषि आधुनिकिकीकरणा परियोजनाले बतानाएको छ । परियोजनाका अनुसार कर्णाली प्रदेशमा १ हजार १०७ हेक्टरमा ओखर खेती हुन्छ । ३५० हेक्टर उत्पादनशील क्षेत्रफलबाट करीब १ हजार ४०० मेट्रिकटन ओखर उत्पादन हुने गरेको छ । रासस

यस वर्ष जुम्लामा आधा मात्रै स्याउ फल्याे

जुम्ला । अहिले जुम्लाको बगैचाँमा स्याउको आकार र रङले पुर्ण रुप लिदैछ । तर, बोटमा फलेको स्याउ अघिल्लो वर्ष भन्दा थोरै छ । गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यो वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यो वर्ष भने स्याउ नफलेपछि चिन्तित छन् । …