कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताएका छन् ।
नेपाल ख्रीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीवार वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख परियारले क्रिस्चियनसहित सबै धर्म समान रहेका बताए ।
‘मेरो भूमिका भनेको सबैका लागि अभिभावकत्व ग्रहण गर्ने हो,’ उनले भने, ‘नेपालको संविधानको मर्मबमोजिम म आफ्नो ओहादामा रहेर सक्दो प्रयास गर्नेछु ।’
प्रदेश प्रमुख परियारले विश्व, नेपाल र कर्णाली ...