कर्णाली । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले गणतन्त्र नेपाली जनमानसमा भौतिक र मानसिकरूपले संस्थागत भइसकेको बताएका छन् । कर्णाली प्रदेश सरकारद्वारा वीरेन्द्रनगरमा आयोजित १५औँ गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता हरेक नेपालीको मनमनमा स्थापित भइसकेको बताए । प्रदेश प्रमुख परियारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट प्राप्त उपलब्धिको सदुपयोग गरी […]