लोकसेवा आयोगको निष्पक्षता कायम रहोस् : प्रदेश प्रमुख परियार

कर्णालीका प्रदेश प्रमुख तिलक परियारले प्रदेश लोकसेवा आयोगले निष्पक्षता, पारदर्शिता र इमानदारितालाई कायम राख्नुपर्ने बताएका छन् । प्रदेश लोकसेवा आयोगको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको विकासमा सक्षम जनशक्ति उत्पादन गर्ने थलोका रुपमा आयोगले आफ्नो भूमिका बढाउनुपर्ने बताए ।उनले राष्ट्रको सेवामा समर्पित जनशक्तिको छनोट र सिफारिस गरी आयोगले निष्पक्षता, विश्वसनीयता कायम गर्नुपर्नेमा जोड दिए । “छिटोभन्दा छिटो प्रदेशलाई आवश्यक पर्ने दक्ष जनशक्तिको छनोट गर्न