माओवादी केन्द्रको महाधिवेशन आज

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आज हुँदैछ । महाधिवेशन उद्घाटन आइतबार अपराह्न ३ बजे हुनेछ । चिनियाँ सर्वाेच्च नेता माओत्सेतुङको जन्मदिन (डिसेम्बर २६) पुस ११ को अवसर पारेर महाधिवेशनको उद्घाटन गर्न लागिएको हो । महाधिवेशनले नयाँ विचारसहितको नयाँ क्रान्तिकारी पार्टी बनाउने घोषणा गरिएको छ । महाधिवेशनलाई विचार र नयाँ राजनीतिक कार्यदिशा निर्माणमा केन्द्रित गरिने भएको छ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुखलाई अतिथि निमन्त्रण गरिएको छ ।

सम्बन्धित सामग्री

माओवादी केन्द्रको महाधिवेशन : निर्वाचन प्रक्रियामा जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन नयाँ नेतृत्व चयनसहित आज सम्पन्न गर्ने तयारी भएको छ । ११ बजे सुरु हुने बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसपछि विधान संशोधन प्रस्ताव पारित निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ । माओवादीले सहमतिमै नेतृत्व चयन गर्न […]

माओवादी केन्द्रको महाधिवेशन लम्बिने

१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन लम्बिने भएको छ । पुस ११ देखि १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेका कारण महाधिवेशन लम्बिने भएको उनको भनाइ छ । ‘साथीहरूले प्रतिवेदनमा छलफल गर्न […]

तस्वीरमा हेर्नुहोस् माओवादी केन्द्रको महाधिवेशन

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबार शुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको उद्घाटन समारोहमा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु अतिथिका रुपमा सहभागी थिए । उद्घाटन समारोहमा माओवादीले धेरै गीत र नृत्यहरु पनि प्रस्तुत गरेको थियो । उद्घाटन समारोहमा सहभागी धेरै भएपछि प्रज्ञा भवनको डबलीमा पनि […]

माओवादी केन्द्रको महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन आइतवारदेखि काठमाडौंमा शुरू भएको छ ।  काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उद्घाटन गरेका हुन् । समारोहमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरू सहभागी हुँदैछन् । महाधिवेशनको उद्घोषण माओवादी स्थायी कमिटी सदस्य एवं अर्थमन्त्री जनार्दन शर्माले गरिरहेका छन् ।  महाधिवेशन ५ दिनसम्म चल्ने शर्माले बताए ।    हेर्नुहोस्, लाइभ :

माओवादी केन्द्रको महाधिवेशन जारी (लाइभ)

काठमाडौँ- नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन अहिले काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन समारोह चल्दैछ । महाधिवेशनमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू कमलादी पुगिसकेका छन् । उद्घाटन समारोहको अध्यक्षता दाहालले गरेका छन् भने कार्यक्रम सञ्चालन जनार्दन शर्माले गरेका छन् । कार्यक्रममा ११ पार्टीका नेताहरुलाई डाकिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका […]

माओवादी केन्द्रको पदाधिकारी १५ जना, उपाध्यक्षको संख्या सात

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति दुई सय ९९ हुने भएका छन् । जसमा १५ जना पदाधिकारी रहनेछन् । माओवादी केन्द्रको महाधिवेशन सुरु हुनुअघि आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको संख्या निर्धारण गरेको हो । बैठकले पारित गरेको विधानअनुसार माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, […] The post माओवादी केन्द्रको पदाधिकारी १५ जना, उपाध्यक्षको संख्या सात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादी केन्द्रको महाधिवेशन कार्यतालिका हेरफेर

काठमाडौँ – नेकपा माओवादी केन्द्रको महाधिवेशन कार्यतालिका संशोधन भएको छ । मंगलबार बिहान बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको कार्यतालिका संशोधन गरेको हो । स्थायी कमिटी बैठकले महाधिवेशन आउँदो पुस ११–१३ गतेसम्म हुने गरी तल्ला तहहरुको अधिवेशन कार्यतालिका हेर्फेर गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनका अनुसार अब पार्टी […]

नेकपा माओवादी केन्द्रको महाधिवेशन कार्यतालिकामा हेरफेर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको आगामी महाधिवेशनको कार्यतालिकामा केही हेरफेर गरेको छ । आज (सोमबार) पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले महाधिवेशनका केही कार्यतालिकामा हेरफेर गरेको हो । बैठकले सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ भने स्थानीय स्तरमा हुने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने […] The post नेकपा माओवादी केन्द्रको महाधिवेशन कार्यतालिकामा हेरफेर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.