माओवादी केन्द्रको महाधिवेशन : निर्वाचनको कार्यक्रम सार्वजनिक, भोलि ११ः३० बजेबाट मतदान हुने

काठमाडौं, १७ पुष । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को जारी ८ ‍औं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो। उम्मेदवारले मनोनयन पत्र दर्ता साँझ ८ देखि १० बजे गर्न सक्नेछन्। माओवादी केन्द्रको निर्वाचन समितिका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जारी गरेको निर्वाचन कार्यक्रमको सूचनाअनुसार उम्मेद्धवारको अन्तिम नामावली सवा ११ बजे प्रकाशन […]

सम्बन्धित सामग्री

माओवादी महाधिवेशन : आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

माओवादी केन्द्रको आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशन गर्ने तयारी भएको हो । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार उम्मेदवारी दर्ता र मतदान घोषणा शुक्रबार हुनेछ । यस आधारमा माओवादी केन्द्रको महाधिवेशन थप दुई दिन लम्बिने भएको