संसदमा एमसीसीमाथि छलफल गर्ने कार्यसूचि, अर्थमन्त्री भने संसद छल्दै पर्वतमा

फागुन १२, पर्वत । प्रतिनिधि सभामा बिहीवार अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूचि रहेको छ । संसद सचिवालयले संसदमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता पेश गर्ने सम्भावित कार्यसूचि सार्वजनिक गरेको छ । तर, महत्वपूर्ण कार्यसूचि छलेर अर्थमन्त्री शर्मा भने पर्वत आईपुगेका छन् ।   पारिवारिक घुमघामसहित उद्योग वाणिज्य संघको साधारण सभाको उद्घाटन कार्यक्रममा समेत सहभागी हुने भन्दै अर्थमन्त्री शर्मा मंगलवार कुश्मामा आएका हुन् । कुश्मामा बन्जिजम्पमा पुगेका  शर्मा बुधवार राती त्यहिँ बास बसेका थिए । संसदमा एमसीसीमाथि छलफल गर्ने कार्यसूचि रहेपनि शर्मा दिनभर पर्वतमै रहने बुझिएको छ ।  गत आइतवार एमसीसी संसदमा टेबुल गर्दा पनि अर्थमन्त्री शर्मा विरामी भएको जानकारी गराएपछि सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले पेश गरेका थिए । संसद बैठकमा आफ्ना साँसदलाई अनिवार्य उपस्थित हुन नेपाली काँग्रेसले ह्विप जारी गरेको छ । सत्तारुढ नेकपा माओवादी केन्द्र विपक्षमा उभिने निर्णय गरेको छ । माओवादी केन्द्र विपक्षमा उभिँदा अर्थमन्त्रीले प्रस्ताव पेश गर्न नैतिकताका आधारमा नमिल्ने भएकाले उनले संसद बैठक छलेको बुझिएको छ ।  

सम्बन्धित सामग्री

भाेलि बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि छलफल हुने

काठमाण्डाै – भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीमाथिको छलफल हुने भएको छ । संघीय संसद सचिवालयले प्रकाशन गरेको भोलि बस्ने बैठकको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख छ । भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ भने दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकारबीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकि...

भोलि बस्ने प्रतिनिधिसभामा एमसीसीमाथि छलफल अघि बढ्ने, यस्तो छ कार्यसूची

भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।  भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने  पहिलो कार्यसूची रहेको छ । दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।&nbs

आज संसद बैठकमा एमसीसीमाथि छलफल हुने

प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख छ । सरकारले यही फागुन ८ गते आइतबार एमसीसी सदनमा टेबल गरेको थियो । प्रतिनिधिसभाको बिहीबारको बैठकका लागि …

प्रतिनिधिसभा बैठक बस्दै, एमसीसीमाथि छलफल

प्रतिनिधिसभा बैठक शुक्रबार पुनः बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ ।  संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ । ‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने,’ कार्यसूचीमा उल्लेख छ । यसअघि बिह

संसद्‍ बैठक दिउँसो १ बजे : एमसीसीमाथि छलफल हुँदै

काठमाडौँ –  प्रतिनिधिसभा बैठक आज (शुक्रबार)को बैठक बस्दैछ। बिहीबारका लागि तोकिएको बैठक आजका लागि सरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक विशेष कारण देखाउँदै आजका लागि सरेको संघीय संसद सचिवालयले जनाएको छ। आजको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल हुने उल्लेख छ। उक्त प्रस्ताव संसद् बैठकमा अर्थमन्त्री […]

एमसीसीमाथि छलफल हुने संसदको कार्यसूची सार्वजनिक

काठमाडाै‌, १२ फागुन । प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ । ‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् […]

एमसीसी संसदमा, अर्थमन्त्री शर्मा पर्वतमा

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची छ । संसद सचिवालयले निकालेको सूचनामा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा ‘एमसीसीमाथि छलफल गरियोस्’ भन्ने उल्लेख छ । संसदमा एमसीसीमाथि छलफल चलाउन प्रस्ताव पेस गर्नुपर्ने अर्थमन्त्री शर्मा भने पर्वततिर छन् ।मन्त्री शर्मा बुधबार पर्वत पुगेका थिए । उनी राति द क्लिफ रिसोर्टमा बसेका थिए । श्रीमतीसहित गएका शर्माले बिहीबार बिहान क्लिफ स्काई क्याफेमा खाजा खाएक

यस्तो छ संसद बैठकको कार्यसूची (पत्रसहित)

न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।

प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक, बिहीबार एमसीसीमाथि छलफल हुने

काठमाडौँ– प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनेर प्रस्ताव गर्ने उल्लेख गरिएको छ । सरकारले आइतबार एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव प्रतिनिधिसभामा पेश गरेको थियो ।

संसदको कार्यसूची सार्वजनिक, एमसीसीमाथिको छलफल प्रस्ताव दोस्रो नम्बरमा

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ । The post संसदको कार्यसूची सार्वजनिक, एमसीसीमाथिको छलफल प्रस्ताव दोस्रो नम्बरमा appeared first on राजधानी राष्ट्रिय दैनिक.