प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट बहुमत सांसदले दर्ता गर्न लागेको रिटमा एमालेका १९ सांसदले हस्ताक्षर गरेका छन् ।
विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका १९ एमाले संसदले रिटको पक्षमा हस्ताक्षर गरेको र केहीले हस्ताक्षर गर्न बाँकी रहेको माधव नेपाल पक्षीय सांसद झपटबहादुर रावलले जानकारी दिए ।
एमालेको माधव नेपाल-झलनाथ खनालपक्षीय प्रभावशाली नेता सुरेन्द्र पाण्डे बानेश्वरस्थित संसद् भवनमा पुगे पनि हस्ताक्षर नगरी फर्किए ।
संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा उपस्थित भएपनि पाण्डे हस्ताक्षर नगरी बाह...