काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध सत्ता गठबन्धनका ९७ जना सांसदले दर्ता गरेको महाअभियोग प्रस्ताव संसदमा अलपत्र अवस्थामा छ। महाअभियोग लागेर राणा निलम्बनमा परेको पाँच महिना बितिसक्दा समेत संसदले त्यसलाई टुंगो लगाउने प्रक्रिया थालनी गरेको छैन। प्रस्तावमाथि छलफल गरेर महाअभियोग सिफारिस समितिमा छानबिनका लागि पठाउनुपर्ने भए पनि सभामुख अग्नि सापकोटा र सत्ता पक्ष यसका लागि तयार देखिँदैन। […]