लुम्बिनी विकास बैंकले खानेपानी संस्थालाई दियो कम्प्युटर सेट

रौतहट। लुम्बिनी विकास बैंक लिमिटेड चन्द्रनिगाहपुर शाखाले खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई एक थान कम्प्युटर उपलब्ध गराएको छ । चन्द्रनिगाहपुर खानेपानी कार्यालयमा एक कार्यक्रमका बीच कम्प्युटर सेट हस्तान्तरण गरिएको बैंकका शाखा प्रबन्धक सुबोध कोइरालाले जानकारी दिए । बैंकले आर्थिक कारोबार मात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका कार्यक्रम गर्दै आएको उनको भनाइ छ । खानेपानी तथा सरसफाइ कार्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले कम्प्युटर सेट उपलब्ध गराइएको उनले बताए । यसअघि बैंकले जनज्योति क्याम्पस चन्द्रनिगाहपुरका छात्राको स्वस्थ्यलाई ध्यानमा राखी सेनिटरी प्याड भेन्डिङ मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन सहयोग गरेको थियोे ।

सम्बन्धित सामग्री

लुम्बिनी विकास बैंक र बयोधाबीच सम्झौता

लुम्बिनी विकास बैंक र काठमाडौं बल्खुस्थित बयोधा अस्पतालबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी, डेबिट कार्डवाहक, बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता र निक्षेपकर्ताले बयोधा अस्पतालमा १० देखि १५ प्रतिशतसम्म छुट...

लुम्बिनी विकास बैंक र बयोधा अस्पतालबीच सम्झौता

लुम्बिनी विकास बैंकले बल्खुमा अवस्थित बयोधा अस्पतालसँग बैंकका कर्मचारी तथा ग्राहकहरुलाई स्वास्थ्य उपचार सुविधाहरुमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ। उक्त सुविधा बयोधा अस्पतालको बल्खुस्थित मुख्य कार्यालयबाट...

लुम्बिनी विकास बैंकका अध्यक्षको शपथग्रहण

लुम्बिनी विकास बैंक लिमिटेडका अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । पुस २६ मा भएको बैंकको १५औँ वार्षिक साधारणसभाबाट निर्विरोध सञ्चालक हुँदै सर्वसम्मत अध्यक्ष चयन भएका चिन्तामणि भट्टराईले नेपाल राष्ट्र...

लुम्बिनी विकास बैंक लिमिटेडको १५ ‍औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले मंगलबार आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ. ब. २०७८/७९ को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका

१ अर्ब बराबरको ऋणपत्र जारी गर्दै लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंक लिमिटेडले १ अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । रु.१,००० अंकित दरको १० लाख कित्ताले हुन आउने १ अर्ब रकम बराबरको ‘११% एल.बि.बि.एल डिबेन्चर २०८९’ ऋणपत्र जारी गर्न लागिएको हो ।जसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ भने ब्याजदर ११%  प्रतिशत रहेको छ । उक्त सम्झौतामा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अ

लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता

लुम्बिनी विकास बैंकले नेपाल पेमेन्ट सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ ।सम्झौताअनुसार लुम्बिनी विकास बैंकसँग आबद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्त रुपमा […]

डिजिटल कारोबारका लागि लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स् बिच सहकार्य

लुम्बिनी विकास बैंक लिमिटेडले डिजिटल कारोबारलाई थप स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रालिसँग सम्झौता गरेको जनाएको छ । बैंकसँग आवद्ध ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा विभिन्न मर्चेन्ट भुक्तानीजस्ता सम्पूर्ण सेवाहरू उपयोग गर्न पाउने बैंकको दाबी छ । सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट...

लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता

लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले रेमिट टू नेपालको नेपालभरका सम्पूर्ण एजेन्सीमार्फत भुक्तनी लिन सक्ने छन् । साथै स्वदेश तथा विदेशबाट रेमिट टू नेपालमार्फत पठाएको पैसा ग्राहकहरुले लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् ।सम्झौता […]

लुम्बिनी  विकास बैंक र रेमिट टु नेपालबीच रेमिट्यान्स भुक्तानी सेवा सम्झौता

लुम्बिनी विकास बैंक र रेमिट टु नेपालबीच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा रेमिट टु नेपालका तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले हस्ताक्षर गरेका छन् । यस संगै रेमिट टु नेपाल बाट पठाएको विप्रेषण लुम्बिनी  विकास बैंक का शाखा बाट सजिलै भुक्तानी प्राप्त हुनेछ साथै लुम्बिनी विकास बैंक बाट पठाएको विप्रेषण रेमिट टु नेपाल को ८ हजारभन्दा बढी भुक्तानी संजाल बाट सजिलै प्राप्त हुनेछ।