लुम्बिनी विकास बैंकका शाखा थपिए

लुम्बिनी विकास बैंक लिमिटेडले थप पाँच शाखा विस्तार गरेको छ।

सम्बन्धित सामग्री

गौर आँखा अस्पताललाई लुम्बिनी विकास बैंकको सहयोग

रौतहट। लुम्बिनी विकास बैंक लिमिटेड गौर शाखाले गौर आँखा अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामग्री सहयोग गरेको छ । सहयोग सामग्री बैंकका शाखा प्रबन्धक सुबोध कोइरालाले सोमवार एक कार्यक्रमका बीच अस्पतालका प्रमुख व्यवस्थापक नागेश्वर चौधरीलाई हस्तान्तरण गरेका हुन् । अस्पतालमा उपचारका लागि आउने बिरामीलाई बस्न सहज होस् भन्ने उद्देश्यले स्टिल बेन्च सहयोग गरेको बैंकले जानकारी दिएको छ । यसअघि बैंकको चन्द्रपुर शाखाले चन्द्रपुर खानेपानी कार्यालयलाई कम्प्युटर सेट र जनज्योति बहुमुखी क्याम्पसमा सेनिटरी प्याड भेन्डिङ मेसिन तथा सेनिटरी प्याड डिस्पोजल मेसिन सहयोग गरेको बताइएको छ ।

लुम्बिनी विकास बैंकले खानेपानी संस्थालाई दियो कम्प्युटर सेट

रौतहट। लुम्बिनी विकास बैंक लिमिटेड चन्द्रनिगाहपुर शाखाले खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई एक थान कम्प्युटर उपलब्ध गराएको छ । चन्द्रनिगाहपुर खानेपानी कार्यालयमा एक कार्यक्रमका बीच कम्प्युटर सेट हस्तान्तरण गरिएको बैंकका शाखा प्रबन्धक सुबोध कोइरालाले जानकारी दिए । बैंकले आर्थिक कारोबार मात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका कार्यक्रम गर्दै आएको उनको भनाइ छ । खानेपानी तथा सरसफाइ कार्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले कम्प्युटर सेट उपलब्ध गराइएको उनले बताए । यसअघि बैंकले जनज्योति क्याम्पस चन्द्रनिगाहपुरका छात्राको स्वस्थ्यलाई ध्यानमा राखी सेनिटरी प्याड भेन्डिङ मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन सहयोग गरेको थियोे ।