लुम्बिनी  विकास बैंक र रेमिट टु नेपालबीच रेमिट्यान्स भुक्तानी सेवा सम्झौता

लुम्बिनी विकास बैंक र रेमिट टु नेपालबीच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा रेमिट टु नेपालका तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले हस्ताक्षर गरेका छन् । यस संगै रेमिट टु नेपाल बाट पठाएको विप्रेषण लुम्बिनी  विकास बैंक का शाखा बाट सजिलै भुक्तानी प्राप्त हुनेछ साथै लुम्बिनी विकास बैंक बाट पठाएको विप्रेषण रेमिट टु नेपाल को ८ हजारभन्दा बढी भुक्तानी संजाल बाट सजिलै प्राप्त हुनेछ।