भव्य तामझामका साथ उद्घाटन गरेर एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा सम्पन्न भयो । देशभरबाट हजारौंको संख्यामा नेता र कार्यकर्ता जम्मा भए । चितवनको नारायणी नदी किनारमा उद्घाटन भएको महाधिवेशन र त्यसका विविध आयाम नेपाली राजनीतिमा मुखरित हुँदै जानेछन् । करोडौंको लागतमा निर्मित भव्य मञ्च, देशीविदेशी पाहुनाहरूको शुभकामना साथै भव्य प्रचारले पनि महाधिवेशनको गरिमा र […]