जोरपाटी–सुन्दरीजल सडकको काम तीव्र, वैशाखसम्ममा कालोपत्रे लक्ष्य

काठमाडौं : उपत्यका सडक विस्तार आयोजनाले वर्षौंदेखि अलपत्र जोरपाटी–सुन्दरीजल सडक आगामी वैशाखसम्ममा कालोपत्रे गर्ने लक्ष्य लिएको छ। समयमा सडक पिच गर्न अहिले तीव्र गतिमा सडक विस्तारको काम भइरहेको सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले बताएका छन्।‘जोरपाटी–सुन्दरीजल सडक विस्तार भइरहेको छ,’उनले भने,‘वैशाखसम्ममा कालोपत्रे हुन्छ।’ गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाका अनुसार जोरपाटी–सुन्दरीजल सडकअन्तर्गतको मेडिकल कलेज,भैरव चौर,