काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले गत कात्तिक २२ गते जोरपाटी–सुन्दरीजल सडक २७ र २८ गते पिच गर्ने भन्दै त्यहाँ कसैलाई पानी नहाल्न अनुरोध गर्याे। यही सूचनाले वर्षौंदेखि अलपत्र सडक पिच हुने भनी स्थानीय हर्षित भए। नभन्दै सोही दिन उक्त सडक खण्डअन्तर्गत जोरपाटी सानो बजारदेखि भेनस स्कुल अगाडिसम्मको करिब चार सय मिटर सडक पिच भयो।तर त्यो स्कुलअगाडिबाट गोकर्णतर्फको सडक पिच भएन। बरु पाँच दिनसम्म अलकत्रा हालेर सडक बन्द गरियो। सवारीसाधन हिँड्न दिइएन। यसले गर्दा सवारीसाधन चालक अहिले दुःख ख