रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुखमा कांग्रेसबाट खान सिफारिस

बुटवल : आसन्न स्थानीय तह निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख पदमा इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ। संविधान सभा सदस्यसमेत रहेको खानलाई नगरको मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरिएको नगर सभापति कोसिश खड्काले जानकारी दिए। सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर अगाडि बढ्ने सहमति गरिसकेको छ।…

सम्बन्धित सामग्री

घाटको जग्गा प्रकरण : घिमिरेलाई पक्राउ नगर्न र मालपोतको निर्णय रोक्न अन्तरिम आदेश

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– १० स्थित घागरा खोला छेउको शव दहनस्थलको जग्गा हडपेकाे आरोप लागेका फर्शुराम घिमिरेलाई पक्राउ नगर्न र मालपोतको निर्णय कार्यान्वयन नगराउन उच्च अदालत बुटवलले अन्तरिम आदेश दिएको छ। जिल्ला प्रशासन...

घाटको एक बिघा पाँच कट्ठा जग्गा व्यक्तिको नाममा दर्ता

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ४ मा स्थानीयले घाटको रूपमा प्रयोग गर्दै आएको जग्गा दलालहरूले बिक्री गरेको खुलेको छ । सिद्धार्थनगर नगरपालिका– १० एयरपोर्टनजिक घागरा खोलाछेउमा रहेको एक बिघा पाँच कट्ठा जग्गा बिक्री...

४ करोड मुआब्जा हत्याउन नक्कली नाता कायम

२९ मंसिर, बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अधिग्रहणमा परेको जग्गाको मुआब्जा बापतको करिब चार करोड रुपैयाँ हात पार्न भूमाफियाले मृतक जग्गाधनीसँग नक्कली नाता कायम गरेको पाइएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा पर्ने गौतमबुद्ध विमानस्थलले अधिग्रहण गरेको स्वर्गीय रामसरे भरको नाममा दर्ता कायम रहेको ४ कट्ठा ४ धुर जग्गालाई भूमाफियाको योजनामा नक्कली नाता प्रमाणित गराई […]

दशगजालाई नै असर पर्नेगरी पर्खाल लगाउने भारतीयको प्रयास

रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल निर्माण सुरु गरेको हो । दशगजासँगै जोडिएर एकलौटीरूपमा पर्खाल निर्माण गर्न लागेकाले स्थानीय प्रशासनले यसमा आपत्ति जनाएको छ । भारतीय सुरक्षाकर्मी एसएसबीले भारतमा एकीकृत जाँचचौकी (आइसिपी) निर्माणका लागि भन्दै ठूलो क्षेत्रमा पर्खाल लगाउने तयारी गरेको छ । सशस्त्र प्रहरीको जिल्ला कार्यालय

तिनाउखोलामा डुबेर युवकको मृत्यु

पाल्पास्थित तिनाउखोलामा पौडिदै तस्बिर खिच्दै रमाउने क्रममा बिहीबार दिउँसो एक युवकको डुबेर मृत्यु भएको छ ।   प्रहरीका अनुसार  जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउखोलामा पौडिदै तस्बिर  खिच्दै गर्ने क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –१० का ३६ वर्षीय कयम अलीको मृत्यु भएको  हो ।पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाका अनुसार अलि डुबेर बेपत्ता भएको उनका साथीहरूले फोनमा  खबर गर्न  साथ दोभान प्रहरी चौकीको प्रहरी टोली उद्धारमा खटिएर लुम्बि

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बाइपास डेरा गरी बस्ने भारत घर भएका २८ वर्षीय गोबिन्द हरिजनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । गोविन्दले आफ्नै कोठामा लगेर ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

रुपन्देही सिद्धार्थनगरमा राष्ट्रिय जनमोर्चाको वडा समिति गठन

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ६ मा राष्ट्रिय जनमोर्चाको वडा समिति गठन भएको छ । राजमोको एकमहिने सङ्गठनात्मक अभियानअन्तर्गत शनिवार आयोजित भेलामाझ सो समिति गठन गरिएको हो । समितिको अध्यक्षमा द्रोण खनाल रहनुभएको भने कोषाध्यक्षमा शङ्कर पौडेल र सदस्यहरूमा गीता पौडेल, पार्वती पौडेल र तारा ढुङ्गाना रहनुभएको छ । भेलाले हरि आचार्य र कृष्ण आचार्यलाई सल्लाहकारमा चयन गरेको छ । उक्त भेलाले वडास्तरीय जनभेटघाट, पर्चा वितरण गर्दै आगामी माघ १७ गते आयोजित प्रशिक्षण भेलाको तयारी गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख छ ।