कालीगण्डकी करिडोरको सडकमा खोला तर्न फड्के पुल

गुल्मी : कालीगण्डकी करिडोरमा खोला तर्नका लागि स्थानीय बासिन्दाले फड्के पुल निर्माण गरेका छन्। जिल्लाको सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको सीमा बड्हरेमा खोला बढेर आवातजावतमा समस्या भएपछि उनीहरू मिलेर फड्के पुल निर्माण गरेको स्थानीय वीरेन्द्र अर्यालले  जानकारी दिए।वर्षायामको समयमा खोला बढ्ने र आवतजावत गर्न समस्या भएकाले स्थानीयहरू मिलेर फड्के पुल निर्माण गरेको उनीहरूले जनाएका छन्।कालीगण्डकी करिडोरको रुद्धबेनी हर्मिचौर सडक खण्डमा उक्त फड्के निर्माण भएपछि वर्षायामको समय

सम्बन्धित सामग्री

घमी खोला मोटरेबल पुल निर्माण अलपत्र

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत घमी खोलामा निर्माणाधीन मोटरेबल पुल अलपत्र परेको छ ।

खोलामा पुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै सर्वसाधारण

गुल्मी : कालीगण्डकी गाउँपालिका वडा नम्वर ४ र ६ जोड्ने गुम्दीखोलामा पुल नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।विभिन्न कामको सिलसिलामा वारिपारि गर्न समस्या भएको स्थानीयवासी बताउँछन्। खोला भएर घाँस दाउरा गर्न र बस्तुभाउ चराउन जान पनि समस्या भएको उनीहरूको भनाइ छ।स्थानीय बलमान गाहाले हिउँदको समयमा पनि खोला ठूलो भएकाले यात्रा गर्न समस्या भएको गुनासो गरे। मोटरसाइकल लिएर वारपार गर्दा जोखिम रहेको स्थानीय अभियान थापाको भनाइ छ। खोलामा पुल निर्माण गर्न वर्षौँदेखि माग गरे पन

पुल नहुँदा सास्ती

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलामा पुल नहुँदा बर्खाको भेलमा खोला पार गर्दै सवारीसाधन । ढुंगा–गेगर पन्छाएर पानीभित्र बाटो बनाउँदै स्काभेटर । तस्बिर : ध्रुवसागर शर्मा/रासस ।

पर्वतमा ठडियो सिसाको पुल

पर्वत । पर्वतको कुश्मा नगरपालिका–५ चाक्लेको डिलमा सिसाको पुल निर्माण गरिएको छ । पर्यटक आकर्षित गर्ने उद्देश्यले जिपलाइन सञ्चालन गरिरहेको हार्नेस कम्पनीले सिसाको पुल निर्माण गरेको हो । कालीगण्डकी नदीमाथिको भीरमा निर्माण गरिएको सिसाको पुल खोला वा नदी तर्न भने बनाइएको होइन । साहसिक पर्यटनमा रमाउनेका लागि पुल बनाइएको हार्नेस कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए । उक्त पुलको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरे । उनले पर्वतमा निजी क्षेत्रले पर्यटनमा ठूलो लगानी गरेको बताउँदै राज्यले पनि प्रोत्साहन गर्नुपर्ने धारणा राखे । पर्वत पर्यटनको हब बन्दै गएकामा तिमिल्सिनाले खुसी व्यक्त गरे । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लंग देख्न सकिन्छ । तल एकै पटकमा १ सय जनासम्मले स्काईब्रिजको आनन्द लिन सक्ने बस्नेतले बताए । पुल ३५ फिट लामो र ११ फिट चौडा छ । ‘हामीले सिसाको पुल नेपालका लागि पहिलो हो’, बस्नेतले भने, ‘अहिले युवा आकर्षण टिकटकमा भएका कारण यसले युवायुवतीलाई आकर्षित गर्ने विश्वास लिएका छौं ।’ अहिले निर्माण भएको छोटो स्काईब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विबश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको कम्पनीका निर्देशक बस्नेतले बताए । स्काईब्रिज विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन र विश्वकै दोस्रो अग्लो बञ्जी तथा विश्वकै अग्लो स्विङ सँगै छ । हार्नेस प्रालिले कुस्मा बजारमै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ । आइतबारदेखि सञ्चालनमा आएको स्विङमा पहिलो दिनमै २० जोडीले आनन्द लिएको सञ्चालक सुनिल बानियाले जानकारी दिए । कम्पनीले यसअघि विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन पनि सञ्चालनमा ल्याएको छ । अहिले जिपलाइनमा बच्चादेखि ८० वर्षे वृद्धसम्मको आकर्षण छ । पोखरा र अन्य ठाउँबाट पनि धेरै पर्यटकले जिपलाइनमा आउने इच्छा राख्दै समय बुक गराउने क्रम बढिरहेको प्रबन्ध निर्देशक बानियाले बताए । जिपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

बेनी–जोमसोम–कोरला सडकमा आठ पुल निर्माण

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठओटा पक्क पुल निर्माण भएको छ । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने अन्य पुल निर्माणाधीन अवस्थामा छन् । आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणका लागि प्रस्ताव गरिएको बताए । ‘नियमित र सहजरुपमा यातायात सञ्चालनका लागि सडकको स्तरोन्नतिसँगै बेलिब्रिज विस्थापित गरी पुल निर्माण भइरहेको छ,’ उनले भने, ‘एउटा पुल निर्माणको ठेक्का प्रक्रियामा छ । थप पाँचओटा पुल बनाउन बनाउन आवश्यक छ ।’ म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको स्याङ खोलामा ११५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो । पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिर र पोखरबगरस्थित कालीगण्डकीमा ८० र ७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर लामो र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो । चालिस मिटर लामो लेते खोलाको मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र भएको छ । आयोजनाका इञ्जिनीयर आश्विनीकुमार यादवले निर्माणका क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएकाले नमूना परिवर्तनसहित दूरी बढाएर नयाँ प्रक्रियाबाट पुल बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताए । ‘चालिस मिटर लम्बाइको रुप्से खोलाको पुलको दुवैतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान ८५ प्रतिशत काम भएकामा बाढीले पुलको जग नै खलबलाउने गरी बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको छ,’ उनले भने, ‘भूगोल र प्राकृतिक विपद्का कारण नमूना संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया शुरू गर्नुपर्ने भएको हो ।’ बोक्सीखोला, सुनखोला र थापाखोलामा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए । पाण्डाखोलामा पुल बनाएको भन्दा फरक ठाउँबाट खोला बग्न थालेपछि ५० मिटर लामो अर्काे पुल बनाउन प्रस्ताव गरिएको छ । ७ अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सडक तथा पुल निर्माणमा हालसम्म ४ अर्ब ७३ करोड खर्च भइसकेको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले जानकारी दिए । पर्वतको मालढुंगादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म १३ ओटा खण्डमा सडक सस्तरोन्निति भइरहेको छ । २५ किलोमिटर दूरीको चराङ–छोसेरबाहेक जोमसोम–कोरला खण्डको ६ ओटा प्याकेजमा ११ मिटर फराकिलो सडक ग्राभेल भइसकेको छ । रासस

बेनी–जोमसोम–कोरला सडकमा ८ ओटा मोटरेवल पुल निर्माण

पुस ३, म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ ओटा मोटर चल्ने पुल निर्माण भएको छ । १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल  निर्माणको अन्तिम चरणमा पुगेको छ भने अन्य पुल निर्माणाधीन अवस्थामा छन् । आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणका लागि प्रस्ताव गरिएको बताए ।  ‘नियमित र सहजरुपमा यातायात सञ्चालनका लागि सडकको स्तरोन्नतिसँगै बेलिब्रिज विस्थापित गरी पुल निर्माणको काम भइरहेको छ’, उनले भने, ‘एउटा पुल निर्माणको ठेक्का प्रक्रियामा छ । थप पाँच ओटा पुल बनाउन बनाउन आवश्यक छ ।’ म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको स्याङ खोलामा ११५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो । पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिर र पोखरबगरस्थित कालीगण्डकीमा ८० र ७० मिटर लामो पुल निर्माण गरेको छ ।  छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर लामो र  जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो । ४० मिटर लामो लेते खोलाको मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र भएको छ । आयोजनाका इञ्जिनीयर आश्विनीकुमार यादवले निर्माणका क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएकाले नमूना परिवर्तनसहित दूरी बढाएर नयाँ प्रक्रियाबाट पुल बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताए ।  ‘४० मिटर लम्बाइको रुप्से खोलाको पुलको दुबैतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान ८५ प्रतिशत काम भएकामा बाढीले पुलको जग नै खलबलाउने गरी बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको छ’, उनले भने, ‘भूगोल र प्राकृतिक विपद्का कारण नमूना संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया शुरु गर्नुपर्ने भएको हो ।’ बोक्सीखोला, सुनखोला र थापाखोलामा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए । पाण्डाखोलामा पुल बनाएकोभन्दा फरक ठाउँबाट खोला बग्न थालेपछि ५० मिटर लामो अर्को पुल बनाउन प्रस्ताव गरिएको छ ।  ‘छुसाङको मुस्ताङ गेटमा डोलिडारले बनाएको पुलसँगै अर्को ५० मिटर लामो पुल बनाउन प्रस्ताव गरिएको छ’, उनले भने, ‘पुलले खोलाको सबै भाग समेट्न नसकेपछि नयाँ पुल बनाउन आवश्यक देखिएको हो ।’ निर्माणाधीन १२ ओटा मोटरेबल पुलको ठेक्का सम्झौतामा खरीद ऐनअनुसार थपिएको समयसीमा आगामी चैत महीनामा सकिँदैछ । निर्माण कम्पनी गजुरमुखीका व्यवस्थापक राजन न्यौपानेले अत्यधिक चिसो, बेमौसमी वर्षा र हिमपातका साथै दुई पटकसम्मको कोरोना महामारीले सडक तथा पुल निर्माणमा समस्या भए पनि थपिएको समयभित्र पुल तथा सडक निर्माण गराउन आफूहरू जुटेको बताए ।  ‘रू. सात अर्ब २७ करोडमा ठेक्का सम्झौता भएका बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत सडक तथा पुल निर्माणमा हालसम्म रू. चार अर्ब ७३ करोड खर्च भइसकेको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले जानकारी दिए । पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म १३ ओटा खण्डमा सडक स्तरउन्नति भइरहेको छ । २५ किलोमिटर दूरीको चराङ–छोसेरबाहेक जोमसोम–कोरला खण्डको ६ ओटा प्याकेजमा ११ मिटर फराकिलो सडक ग्राभेल भइसकेको छ ।  बेनी–जोमसोम खण्डको ६५ र जोमसोम–कोरला खण्डको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । बेनी जोमसोम सडकको बेनीदेखि घाँसा खण्डमा डिबिएसडी र घाँसा जोमसोम खण्डमा आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न लागिएको छ । रासस

कालीगण्डकी लोकमार्गको पुल ४ वर्षदेखि अलपत्र

भदौ २९, पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको पुल विगत चार वर्षदेखि अलपत्र रहेको छ । जिल्लाको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घाबिचमा रहेको लमाए खोलाको पुल अलपत्र परेको हो ।  स्याङजाको मिर्मिदेखि पर्वतको मोदीबेनीसम्म सडकको ट्रयाक खुलेपनि लमाए खोलामा पुल नबन्दा करिडोर खण्ड अपुरै रहेको छ । प्राविधिकहरूको गलत डिजाइनका कारण निर्माणाधीन मोटरेबल पुल अलपत्र परेको हो ।  २५ मिटर लम्बाइको लमाए खोला पुल ५ करोड ६४ लाख रुपैयाँमा नयाँ बाटो गौचन जेभीले जिम्मा लिएको थियो । ठेकेदार कम्पनीले पुल बनाउन पेटी ठेकेदारलाई जिम्मा दिएको थियो ।  कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियरले शुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुंगा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयले विरोध गरेपनि इन्जिनियरहरूले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । ०७४ को अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले ३ वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो ।  समयमै नसक्ने निश्चित भएपछि पेटी ठेकदारलाई जिम्मा लगाएर मुल ठेकदार सम्पर्क बिहीन भएको थियो । त्यसपछि पुलको काम अगाडी बढेको छैन । दुई ओटा खोलाको दोभानमा निर्माणाधीन पुलको जग वर्षेनी खोलाको बहाबले कटान गर्दै आएको छ ।  पुल निर्माण गर्न थालिएको जमिन पनि पहिरोले कटान हुँदै आएको स्थानीय गंगाराज शर्माले बताए । शर्माका अनुसार स्थानीयले चिर्दिखोला र लमाए खोला समेत समेट्ने गरि अहिले भएको स्थानभन्दा ५० मिटर परबाट पुल बनाउन भनेका थिए ।  संघीय सांसद पदम गिरीले २०७५ कात्तिकमा ताकेता गरेपछि ठेकेदार शिव गौचनले समयमा काम सक्न केही प्राविधिक समस्या भएको बताएका थिए । व्यवसायी गौचनका अनुसार काम शुरु गरेलगत्तै पाल्पास्थित आयोजना कार्यालयले काम रोक्न आदेश दिएको थियो । उनका अनुसार दुवैतर्फ चट्टानमा पुल बनाउँदा टिकाउ नहुने भन्दै रिडिजाइन गर्ने भनेको कार्यालयले पछि पुरानै डिजाइनमा काम गर्ने भनेपछि अन्योल थपिएको हो ।  ०७५ मंसिरमा काम शुरु गरेका व्यावसायिले ०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो । त्यही बेलादेखि अलपत्र छाडिएको रड, सिमेन्टलगायत लाखौ मूल्यका सामग्री अझै निर्माणस्थलमा अलपत्र छन् ।  यो पुलसँगै शुरु भएको मोदीखोलाको पुल गतवर्ष नै सम्पन्न भएर गाडी गुड्न शुरु भएका छन् । पुल नबनेपछि स्थानीय र सरोकारवाला निकै आक्रोशित छन् । कालीगण्डकी करिडोर अन्तर्गत रानीपानीदेखि फलेवासको पाङराङसम्म कालोपत्रका लागि तयारी भइरहेको छ । पाङराङदेखि मोदीबेनीसम्म ट्रयाक मात्रै खोलिएको छ ।  मोदी बेनीदेखि अर्मादीसम्मको खण्ड अझै खुलेको छैन । गतवर्ष भीरबाट डोजर खसेपछि ट्रयाक खोल्ने काम बिचमै रोकिएको हो । कालीगण्डकी करिडोरको मोदीबेनी–अर्मादी खण्ड खुलाउन सके ५५ किलोमिटर खण्ड पूरा हुने थियो ।

बेगखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

म्याग्दी : बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। वर्षा याममा खोलामा आउने बाढीका कारण दैनिकरुपमा सडक अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन र पैदल यात्रुहरु बीच बाटोमा नै अलपत्र पर्ने गरेका छन्। २०७३ सालमा आएको बाढीले बेगखोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि बेनी जोमसोम सडकको यात्रा निरन्तर प्रभावित हुँदै आएको छ। चार वर्ष बितिसक्दा पनि कोरला नाकासँग जोडिएको कालीगण्डकी