बेनी–जोमसोम–कोरला सडकमा ८ ओटा मोटरेवल पुल निर्माण

पुस ३, म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ ओटा मोटर चल्ने पुल निर्माण भएको छ । १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल  निर्माणको अन्तिम चरणमा पुगेको छ भने अन्य पुल निर्माणाधीन अवस्थामा छन् । आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणका लागि प्रस्ताव गरिएको बताए ।  ‘नियमित र सहजरुपमा यातायात सञ्चालनका लागि सडकको स्तरोन्नतिसँगै बेलिब्रिज विस्थापित गरी पुल निर्माणको काम भइरहेको छ’, उनले भने, ‘एउटा पुल निर्माणको ठेक्का प्रक्रियामा छ । थप पाँच ओटा पुल बनाउन बनाउन आवश्यक छ ।’ म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको स्याङ खोलामा ११५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो । पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिर र पोखरबगरस्थित कालीगण्डकीमा ८० र ७० मिटर लामो पुल निर्माण गरेको छ ।  छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर लामो र  जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो । ४० मिटर लामो लेते खोलाको मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र भएको छ । आयोजनाका इञ्जिनीयर आश्विनीकुमार यादवले निर्माणका क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएकाले नमूना परिवर्तनसहित दूरी बढाएर नयाँ प्रक्रियाबाट पुल बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताए ।  ‘४० मिटर लम्बाइको रुप्से खोलाको पुलको दुबैतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान ८५ प्रतिशत काम भएकामा बाढीले पुलको जग नै खलबलाउने गरी बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको छ’, उनले भने, ‘भूगोल र प्राकृतिक विपद्का कारण नमूना संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया शुरु गर्नुपर्ने भएको हो ।’ बोक्सीखोला, सुनखोला र थापाखोलामा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए । पाण्डाखोलामा पुल बनाएकोभन्दा फरक ठाउँबाट खोला बग्न थालेपछि ५० मिटर लामो अर्को पुल बनाउन प्रस्ताव गरिएको छ ।  ‘छुसाङको मुस्ताङ गेटमा डोलिडारले बनाएको पुलसँगै अर्को ५० मिटर लामो पुल बनाउन प्रस्ताव गरिएको छ’, उनले भने, ‘पुलले खोलाको सबै भाग समेट्न नसकेपछि नयाँ पुल बनाउन आवश्यक देखिएको हो ।’ निर्माणाधीन १२ ओटा मोटरेबल पुलको ठेक्का सम्झौतामा खरीद ऐनअनुसार थपिएको समयसीमा आगामी चैत महीनामा सकिँदैछ । निर्माण कम्पनी गजुरमुखीका व्यवस्थापक राजन न्यौपानेले अत्यधिक चिसो, बेमौसमी वर्षा र हिमपातका साथै दुई पटकसम्मको कोरोना महामारीले सडक तथा पुल निर्माणमा समस्या भए पनि थपिएको समयभित्र पुल तथा सडक निर्माण गराउन आफूहरू जुटेको बताए ।  ‘रू. सात अर्ब २७ करोडमा ठेक्का सम्झौता भएका बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत सडक तथा पुल निर्माणमा हालसम्म रू. चार अर्ब ७३ करोड खर्च भइसकेको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले जानकारी दिए । पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म १३ ओटा खण्डमा सडक स्तरउन्नति भइरहेको छ । २५ किलोमिटर दूरीको चराङ–छोसेरबाहेक जोमसोम–कोरला खण्डको ६ ओटा प्याकेजमा ११ मिटर फराकिलो सडक ग्राभेल भइसकेको छ ।  बेनी–जोमसोम खण्डको ६५ र जोमसोम–कोरला खण्डको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । बेनी जोमसोम सडकको बेनीदेखि घाँसा खण्डमा डिबिएसडी र घाँसा जोमसोम खण्डमा आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न लागिएको छ । रासस

सम्बन्धित सामग्री

बडहरे खोलामा मोटरेवल पुल निर्माण

गोरखा– गोरखाको पालुङटार नगरपालिकामा बडहरे खोला मोटरेवल पुल निर्माण सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ६ गाईखुर र वडा नम्बर ७ च्याङ्ली जोड्ने मोटरेवल पुल शिलान्यास  भएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए। तनहुँको विमलनगर, पौवाटार गोरखाको ठाँटीपोखरी केराबारीअन्तर्गत पर्ने दूधपोखरी मार्गमा पर्ने बडहरे […]

बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माण हुने

काठमाडौँ– बैतडीको झुलाघाट नाकामा दुई पक्की पुल निर्माण हुने भएको छ ।  चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार दिउँसो हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतका नागरिकको सहजताका लागि झुलाघाट नाकामा दुई पुल बनाउने जानकारी दिएका हुन् । बैतडीवासीले भारत भ्रमणमा झुलाघाटमा मोटरेवल पुल निर्माणका […]

चर्दीखोलामा मोटरेवल पुल निर्माण हुँदै

लमजुङ– जिल्लाको मध्यनेपाल नगरपालिकाको लगानीमा निर्माणाधीन चर्दीखोला मोटरेवल पुल निर्माण भइरहेको छ । नगरपालिको वडा नं ३ सूर्यपाल र ४ रम्घाको चर्दीबजार जोड्ने चर्दीखोला पुल निर्माण थालिएको हो । कुन्छा-सोतीपसल-दुईपिप्ले सडकखण्ड अन्तर्गत निर्माणधीन पुलको काम १५ प्रतिशत सम्पन्न भएको नगरपालिकाका इञ्जिनीयर उत्तम सुवेदीले बताए ।  उनका अनुसार हालसम्म सूर्यपालतर्फको एउटा पिल्लर उठाएको छ भने अर्को […]

चर्दीखोलामा मोटरेवल पुल बन्दै

काठमाडौँ,४ पुष । जिल्लाको मध्यनेपाल नगरपालिकाको लगानीमा निर्माणाधीन चर्दीखोला मोटरेवल पुल निर्माण भइरहेको छ । नगरपालिको वडा नं ३ सूर्यपाल र ४ रम्घाको चर्दीबजार जोड्ने चर्दीखोला पुल निर्माण थालिएको हो । कुन्छा–सोतीपसल–दुईपिप्ले सडकखण्ड अन्तर्गत निर्माणधिन पुलको काम १५ प्रतिशत सम्पन्न भएको नगरपालिकाका इञ्जिनीयर उत्तम सुवेदीले बताए। उनका अनुसार हालसम्म सूर्यपालतर्फको एउटा पिल्लर उठाएको छ भने […]

चुनावी एजेण्डामै सीमित झुलाघाट मोटरेवल पुल

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेवल पुल राजनीतिक दलका लागि चुनावी एजेन्डा बनेको लामो समय भइसकेको छ । तर कहिले निर्माण हुने हो टुङ्गो भने लागेको छैन । राजनीतिक दलहरूले यसपटकको निर्वाचनमा पनि यसैलाई चुनावी एजेन्डा बनाएका छन् । स्थानीयवासीको मागअनुसार सबै राजनीतिक दलहरूले मोटरेवल पुल निर्माण गर्ने भन्दै यतिबेला प्रतिबद्धता जनाइसकेका छन् […]

लमजुङमा चारवटा मोटरेवल पुल निर्माण

लमजुङमा निर्माणाधीन मोटरेबल पुलमध्ये चारवटा निर्माण सम्पन्न भएका छन् । जिल्लामा चालु आर्थिक वर्षमा निर्माणाधिन नौवटा मोटरेबल पुलमध्ये चारवटा निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।जिल्लामा क्रमागत योजनाअन्तर्गत अघिल्लो आर्थिक वर्षमा निर्माण सुरु भएका मोटरेबल पुलहरू यो आर्थिक वर्षमा निर्माण सम्पन्न भएका हुन् । चालु आर्थिक वर्षको हालसम्म चारवटा मोटरेबल पुल निर्माण सम्पन्न भएको र यो आर्थिक वर्ष भित्र थप दुईवटा मोटरेबल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास

चिल्ली खोलामा मोटरेवल पुल बन्यो

लमजुङ, १५ चैत्र । चिल्ली खोलामा मोटरेवल पुल निर्माण गरिएको छ । राइनास नगरपालिका–१ र दूधपोेखरी गाउँपालिका–५ लाई जोड्न चिल्ली खोलामा पुल निर्माण गरिएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार गण्डकी प्रदेश सरकारको रु दुई करोड ५२ लाख १९ हजारमा पुल निर्माण सम्पन्न भएको हो । डेबस्यार गरवासी रुम्बा जेवि निर्माण […]

लमजुङको घेर्मुमा सात महिना पछि मोटरेवल पुल निर्माण

खुशीमाया गुरुङ,लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका  ५ घेर्मुमा पुनः मोटर पुगेको छ । सवारी साधन पु-याउन स्थानीयले फेरी पनि अस्थायी मोटरेवल पुल निर्माण गरेसँगै सात महिनापछि  घेर्मुमा मोटर पुगेको हो । सदरमुकाम बेसीशहर बाट अहिलेसम्म सडक सञ्जालले नजोडिएको घेर्मुमा स्थानीय आफैँले काठको अस्थायी मोटरेवल पुल निर्माण गरेका हुन् । अघिल्लो वर्ष निर्माण गरीएको  अस्थायी मोटरेवल […]