पर्वतमा ठडियो सिसाको पुल

पर्वत । पर्वतको कुश्मा नगरपालिका–५ चाक्लेको डिलमा सिसाको पुल निर्माण गरिएको छ । पर्यटक आकर्षित गर्ने उद्देश्यले जिपलाइन सञ्चालन गरिरहेको हार्नेस कम्पनीले सिसाको पुल निर्माण गरेको हो । कालीगण्डकी नदीमाथिको भीरमा निर्माण गरिएको सिसाको पुल खोला वा नदी तर्न भने बनाइएको होइन । साहसिक पर्यटनमा रमाउनेका लागि पुल बनाइएको हार्नेस कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए । उक्त पुलको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरे । उनले पर्वतमा निजी क्षेत्रले पर्यटनमा ठूलो लगानी गरेको बताउँदै राज्यले पनि प्रोत्साहन गर्नुपर्ने धारणा राखे । पर्वत पर्यटनको हब बन्दै गएकामा तिमिल्सिनाले खुसी व्यक्त गरे । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लंग देख्न सकिन्छ । तल एकै पटकमा १ सय जनासम्मले स्काईब्रिजको आनन्द लिन सक्ने बस्नेतले बताए । पुल ३५ फिट लामो र ११ फिट चौडा छ । ‘हामीले सिसाको पुल नेपालका लागि पहिलो हो’, बस्नेतले भने, ‘अहिले युवा आकर्षण टिकटकमा भएका कारण यसले युवायुवतीलाई आकर्षित गर्ने विश्वास लिएका छौं ।’ अहिले निर्माण भएको छोटो स्काईब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विबश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको कम्पनीका निर्देशक बस्नेतले बताए । स्काईब्रिज विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन र विश्वकै दोस्रो अग्लो बञ्जी तथा विश्वकै अग्लो स्विङ सँगै छ । हार्नेस प्रालिले कुस्मा बजारमै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ । आइतबारदेखि सञ्चालनमा आएको स्विङमा पहिलो दिनमै २० जोडीले आनन्द लिएको सञ्चालक सुनिल बानियाले जानकारी दिए । कम्पनीले यसअघि विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन पनि सञ्चालनमा ल्याएको छ । अहिले जिपलाइनमा बच्चादेखि ८० वर्षे वृद्धसम्मको आकर्षण छ । पोखरा र अन्य ठाउँबाट पनि धेरै पर्यटकले जिपलाइनमा आउने इच्छा राख्दै समय बुक गराउने क्रम बढिरहेको प्रबन्ध निर्देशक बानियाले बताए । जिपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

सम्बन्धित सामग्री

पर्वतमा चितुवा मृत अवस्थामा भेटियाे

पर्वत । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा चितुवाको बच्चा मृत अवस्थामा भेटिएको छ । दोबिल्ला–फलेवास सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने पहरे पुल नजिकै कालोपत्रे सडकमा बुधबार बिहानै चितुवाको बच्चा मृत अवस्थामा भेटिएको हो । सवारी चालक र स्थानीयले चितुवाको बच्चा देखेपछि तत्काल नै जिल्ला प्रहरी कार्यालय पर्वत र डिभिजन वन कार्यालय पर्वतमा […]

पर्वतमा गत आवमा १४ वटा झोलुंगे पुल निर्माण

नेपालकै अग्ला र लामा पुल तथा शाहसिक पर्यटकीय पूर्वाधारले ख्याती कमाउँदै गएको पर्वतमा गत आर्थिक वर्ष २०७८/०७९ मा १४ वटा झोलुंगे पुल निर्माण भएका छन् ।जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठूला खोलामा ती पुल निर्माण भएका हुन् । झोलुंगे पुल निर्माण भएसँगै स्थानीयवासीको दैनिकी सहज बनेको छ । खासगरी वर्षायाममा बढेका खोला वारपार गर्न […]

पर्वतमा एकै वर्षमा १४ झोलुङ्गे पुल निर्माण

नेपालकै अग्ला र लामा पुल तथा साहसिक पर्यटकीय पूर्वाधार रहेकोे पर्वतमा आव २०७८/७९ मा १४ वटा झोलुङ्गे पुल निर्माण भएका छन् ।

पर्वतमा १४ झोलुङ्गे पुल निर्माण

पर्वत, १५ साउन । नेपालकै अग्ला र लामा पुल तथा साहसिक पर्यटकीय पूर्वाधार रहेकोे पर्वतमा आव २०७८÷७९ मा १४ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठूला खोलामा ती पुल निर्माण गरिएका हुन् । झोलुङ्गे पुल निर्माण भएसँगै स्थानीयवासीको दैनिक जीवन सहज भएको छ । पुलको व्यवस्थाले वर्षायाममा बढेका […]

पर्वतमा १४ झोलुङ्गे पुल निर्माण

नेपालकै अग्ला र लामा पुल तथा साहसिक पर्यटकीय पूर्वाधार रहेको पर्वतमा आव २०७८/७९ मा १४ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठूला खोलामा ती पुल निर्माण गरिएका हुन् ।झोलुङ्गे पुल निर्माण भएसँगै स्थानीयवासीको दैनिक जीवन सहज भएको छ । पुलको व्यवस्थाले वर्षायाममा बढेका खोला वारपार गर्न जोखिम मोल्नुपर्ने अवस्था अन्त्य भएको छ । पर्वतका चार पालिकामध्ये कुश्मा नगरपालिकाभित्र– तीन, मोदीमा दुई, महाशिलामा दुई, विहादीमा एक  र पैँयू गाउँपालिकामा छवटा

पर्वतमा १४ झोलुङ्गे पुल निर्माण

पर्वत । नेपालकै अग्ला र लामा पुल तथा साहसिक पर्यटकीय पूर्वाधार रहेकोे पर्वतमा आव २०७८÷७९ मा १४ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठूला खोलामा ती पुल निर्माण गरिएका हुन् । झोलुङ्गे पुल निर्माण भएसँगै स्थानीयवासीको दैनिक जीवन सहज भएको छ ।

पर्वतमा सिसैसिसाको 'स्काई ब्रिज'

पर्वत – नेपालमै पहिलो पटक सिसैसिसाको पुल स्काई ब्रिज सञ्चालनमा आएको छ । पर्वतको कुश्मा बजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काई ब्रिज आज सोमवारदेखि सञ्चालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभयो ।उद्घाटनका क्रममा अध्यक्ष तिमिल्सिनाले कालीगण्डकी नदी कुनै बेला बलेवा र कुश्मा बासीहरूका लागि अभिशाप बनेको भए पनि अहिले वरदान साबित भएको बताउनुभयो । उहाँले कालीगण्डकी खोँचमा बनेका र बन्दै गरेका साहसिक पर्यटकीय खेलहरूले पर्वत मात्रै नभइ समग्र नेपाल नै साहसिक...

पर्वतमा ग्लास स्काइ ब्रिज

पर्वत : पर्वतमा सिसाका पाताहरू राखिएको आकाशे पुल (ग्लास स्काइ ब्रिज) सञ्चालनमा आएको छ। द हार्नेस प्रालिले कालीगण्डकी नदीको सतहबाट २२८ मिटर उचाइमा पुल निर्माण गरेको हो।कम्पनीका निर्देशक सुनिल बानियाका अनुसार चिनियाँ प्रविधिमा आधारित भएर चीनबाट नै आयात गरिएको विशेष खालको सिसा राखेर पुलको निर्माण गरिएको छ। पारदर्शी सिसाबाट कालीगण्डकी नदी छ्याङै देखिने विशेषता पुलको रहेको र नेपालमा यस्तो खालको पुल अहिलेसम्म नबनेको बानियाले बताए।उनले भने‚ ‘कालीगण्डकी नदीको सतहबाट २२८ मिटरको उचाइमा सिसाको

पर्वतमा बन्यो सिसैसिसाको स्काई ब्रिज

नेपालमै पहिलो पटक पर्वतमा सिसैसिसाको आकासे पुल (स्काईब्रिज) संचालनमा आएको छ । पर्वतको कुश्माबजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काईब्रिज सोमबारदेखि संचालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको...

पर्वतमा अर्को अग्लो र लामो पुल बन्दै

अग्ला र लामा पुलले ख्याती कमाएको पर्वतमा फेरि अर्को उस्तै अग्लो र लामो पुल निर्माण हुने भएको छ । पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी पुल बन्न थालेको हो । कुश्माको बडागाउ“स्थित लभ्लीडा“डादेखि बाग्लुङ नगरपालिका–१४ नारायणस्थित कुकुरगाढेमा अर्को पुल बनाउनका लागि सर्वेक्षण गरिएको छ ।