पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रवार बेलुकी यात्रुवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ। देशको पूर्वी प्रान्तको शिखुपुरा जिल्लामा उक्त घटना भएको हो अधिकारीहरूले बताएका छन्। मृत्यु भएका ११ जनामध्ये सात जना बालबालिका, तीन महिला र एक पुरुष रहेका छन्।