सर्लाहीको लालबन्दीमा आज पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । फुटबल खेलाडी बोकेको प्रदेश–२–०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६ मा दुर्घटनामा परेको हो ।फुटबल खेल्नका लागि खेलाडी बोकेर लालबन्दीकै परवानिपुरतर्फ हिँडेको भ्यान लालबन्दी नगरपालिका–६ स्थित फुटबल चौर अगाडि दुर्घटना हुँदा लालबन्दी नगरपालिका–९ बस्तीपुरका १७ वर्षीय प्रल्हाद दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन