अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ। बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।
कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले खेलको ३४ औं मिनेटमा अग्रता बनाएको थियो। अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। त्यसको…