विश्व कप फुटबल : क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

काठमाण्डाै - अर्जेन्टिना फिफा विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनल मेस्सीले १ गोल गरे । पहिलो हाफमै २-० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल थप्दै जित पक्का गरेको हो । पहिलो हाफको ३४औँ मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गरे । लगत्तै ३९औँ मिनेटमा अर्जेन्टिनाका जुलियन अल्भारेजले काउन्टर अट्याक गोल गरे । दोस्रो हाफको ...

सम्बन्धित सामग्री

विश्व कप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने

काठमाण्डाै - फिफा विश्व कप फुटबल प्रतियोगिताको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने भएका छन् । आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई पराजित गरी फ्रान्स फाइनलमा पुग्यो । कतारको अल बायत मैदानमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराएको हो । यस्तै पहिलो सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ । अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो । आउँदो आइतवार उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच खेल हुनेछ । फाइनल खेल नेपाली समय अनुसार आइतवार राति पौने ९ ...