६० वर्षको करियरमा ५० हजार बढी अन्तरवार्ता लिएका अमेरिकाका दिग्गज ‘टक शो होस्ट’ को निधन

अमेरिकाका दिग्गज टक शो होस्ट ल्यारी किङ्गको लस एन्जिलिसमा निधन भएको छ । उनी ८७ वर्षका थिए । निर्माण कम्पनी आरा मिडियाका अनुसार शनिबार ल्यारी किङ्गको निधन भएको हो । अमेरिकी मिडियाका अनुसार अघिल्लो महिनामात्रै उनको कोभिड–१९ को उपचार गरिएको थियो । ल्यारी किङ्गले आफ्नो ६ दशकको करियरका बेला २५ वर्षसम्म सीएनएनमा आफ्नो कार्यक्रम चलाएका थिए र यतिबेला उनले फिल्म, राजनीति र खेल जगतका चर्चित हस्तीसँग अन्तरवार्ता गरेका थिए । उनले आफ्नो करियरमा करिब ५० हजार अन्तर्वार्ता लिएको बीबीसीले जा

सम्बन्धित सामग्री

सानिया मिर्जा र उनका पति शाेएब मलिकले ‘टक शाे’ चलाउने

भारतीय टेनिस स्टार सानिया मिर्जा र उनका पति पाकिस्तानी क्रिकेटर शोएब मलिक एक ‘टक शो’ होस्ट गर्ने भएका छन्। यस शोको नाम हो- ‘द मिर्जा मलिक शो’। यो शो पाकिस्तानी च्यानल उर्दूफ्लिक्स अफिसियलमा प्रसारण हुनेछ। च्यानलले आफ्नो इन्स्टाग्राम पेजमा सानिया मिर्जा र शोएब मलिक रहेको टक शोको पोस्टर सार्वजनिक गरेको छ। पोस्टमा लेखिएको छ, ‘मिर्जा […]

झुट फैलाएको आरोपमा टक–शो प्रस्तोतालाई झण्डै एक अर्ब डलरको क्षतिपूर्ति तिर्न आदेश

अमेरिकाको एक अदालतले टक–शो प्रस्तोता एलेक्स जोन्सलाई कुल ९६.५ करोड डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । आफ्नो टक –शोहरुमा उग्र दक्षिणपन्थी विचार प्रवर्द्धन गर्ने जोन्सले अब सन् २०१२ ‘स्यान्डी हुक इलिमेन्टरी स्कुल’मा भएको गोलाबारीमा मारिएका बालबालिकाको आठ परिवार र थप एक व्यक्तिलाई उक्त रकम तिर्नुपर्नेछ । कनेक्टिकटका जुरीहरूले बुधबार यस्तो निर्णय सुनाएको थियो । लामो समय चलेको अदालती प्रक्रियामा जोन्सले फैलाएका  झुटले पारेको गम्भीर क्षति उजागर गरेको थियो ।  पछ

सद्‍गुरुको निम्तोमा भारत भ्रमणमा निस्किए राजेश हमाल, टक शो छायांकन गर्ने

काठमाडौं । भारतीय आध्यात्मिक सेलिब्रिटी सद्गुरुको निम्तोमा अभिनेता राजेश हमाल बिहीबार बैंग्लोरतर्फ प्रस्थान गरेका छन् । हमालसँगै गायक रवि ओड र भीवाईएफका सञ्चालक दशरथ सुनार समेत छन् । हमालले तमिलनाडुस्थित कोइमबतुर पुगेर योग तथा आध्यात्मिक व्यक्तित्व समेत रहेका सद्गुरुसँग एक टक शो छायांकन गर्नेछन् । यो प्रतीक्षित टक शो उनको आश्रममा हुनेछ । शनिबार सुटिङ […]

टक शो ‘कफी विथ करण’ नआउने करण जोहरको घोषणा

काठमाडौं । भारतीय टेलिभिजनको लोकप्रिय शो मध्ये एक ‘कफी विथ करण’ को नयाँ सिजन नआउने भएको छ । टक शो का कार्यक्रम सञ्चालक तथा फिल्म निर्माता करण जोहरले हालै सामाजिक सञ्जालमार्फत आफ्नो टक शो ‘कफी विथ करण’ को नयाँ सिजन नआउने घोषणा गरेका हुन् । उनको यो शो मा सेलिब्रेटीहरूको जीवनका गहिरो रहस्यहरूका बारे कुराकानी […]

राजेश हमालको युट्युबमा डेब्यु : युवापुस्ता लक्षित ‘टक शो’ ल्याउने तयारी

२६ फागुन, काठमाडौं । गुगलको भिडियो सेयरिङ साइट युट्युबलाई लिएर बहस भइरहँदा अभिनेता राजेश हमालले यो प्लेटफर्ममा डेब्यु गरेका छन् । पहिलो भिडियोअन्तर्गत उनले आफ्नो दिनचर्याबारेको भ्लगको ट्रेलर उक्त च्यानलमा सार्वजनिक गरेका छन् । हमालको युट्युब च्यानलको ह्याण्डल छ- ‘राजेश हमाल अफिसियल’ । ६ महिनाको तयारीपछि अन्ततः युट्युब च्यानललाई लञ्च गरिएको हमाललाई प्राविधिक पक्षमा सहयोग गर्दै […]

पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको आरोपबारे सलमानले दिए यस्तो जवाफ

सलमान खान पछिल्लो समय सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेका थिए । उनले पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको हल्ला फैलिएको थियो । सलमानले भर्खरैमात्र आफ्ना भाई अरबाज खानको टक शो ‘पिन्च टु’ टुमा यस्तो आरोपबारे खुलेर जवाफ दिएका छन् । यस शोमा आउने अतिथीहरुले ट्रोलर्स र उनीहरुले गरेका टिप्पणीमाथि प्रतिक्रिया दिन्छन् । अरबाजले यस्तै एक ट्रोल कमेन्टबारे प्रश्न राखे । जहाँ लेखिएको थियो,‘कहाँ लुकेको छस्, डरपोक । भारतमा सबैलाई थाहा छ कि तँ दुबईमा आफ्नी श्रीमती नूर र १७ वर्षकी छोर

सर्वाधिक हेरिने ‘टक–शो’ कार्यक्रममा ऋषि धमलाको ‘जनता जान्न चाहन्छन्’

काठमाडौं, १० बैशाख । पत्रकार ऋषि धमलाको प्राइम टाईम्स टेलिभिजनबाट दैनिक प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम सर्वाधिक हेरिने कार्यक्रम बनेको छ । दैनिक राति ८:०० बजेबाट प्रसारण हुने एक घण्टाको उक्त कार्यक्रम पछिल्लो समय सर्वाधिक लोकप्रिय बनेको छ । युट्युब, फेशबुकलगायत सामाजिक सञ्जालमा समेत पत्रकार धमलाको उक्त कार्यक्रम सर्वाधिक हेरिएको छ । प्रायः धमलाले […]

काजोलमा ‘रियल एक्सप्रेसन’ ल्याउन शाहरुखको मेहनत

शाहरुख खान र काजोल बलिउडका सबैभन्दा उत्कृष्ट रिल जोडीको रुपमा चर्चित छन्। उनीहरुको जोडी सन् १९९३ मा रिलिज भएको अब्बास–मस्तानको फिल्म ‘बाजीगर’बाट चर्चामा आएको थियो। यो फिल्मसँग जोडिएको एक रोचक किस्सा शाहरुखले करण जोहरको टक शो ‘कफी विथ करण’मा केही वर्ष अघि सुनाएका थिए। जसको भिडियो आजकाल चर्चामा आएको छ।…