सलमान खान पछिल्लो समय सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेका थिए । उनले पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको हल्ला फैलिएको थियो । सलमानले भर्खरैमात्र आफ्ना भाई अरबाज खानको टक शो ‘पिन्च टु’ टुमा यस्तो आरोपबारे खुलेर जवाफ दिएका छन् । यस शोमा आउने अतिथीहरुले ट्रोलर्स र उनीहरुले गरेका टिप्पणीमाथि प्रतिक्रिया दिन्छन् । अरबाजले यस्तै एक ट्रोल कमेन्टबारे प्रश्न राखे । जहाँ लेखिएको थियो,‘कहाँ लुकेको छस्, डरपोक । भारतमा सबैलाई थाहा छ कि तँ दुबईमा आफ्नी श्रीमती नूर र १७ वर्षकी छोर