नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी भित्र यतिबेला भाँडभैलो मच्चिरहेको छ । अध्यक्ष पञ्चा सिंहले संगठनमा विधान विपरित पदाधिकारी चयनदेखि केन्द्रीय समितिमा सदस्य थप लगायतका विषयमा लामो समयदेखि असन्तुष्ट पवन कार्की समूहले समानान्तर कमिटी नै गठन गरेपछि संगठन भित्रको विवाद झनै चुलिएको छ । यता विवादका बारेमा संस्थापन पक्षका उपाध्यक्ष केशव रावल भने संगठनभित्र विवाद भन्दापनि केहि अनुसाशनहिन, संगठनको हितविपरीत काम गरेका कामरेडहरूलाई कारवाही गरिएको मात्र दावी गर्छन् । रा