नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले वर्तमान सत्ता गठबन्धन विगतको शान्ति सम्झौताकै निरन्तरता भएको बताएका छन् । मंगलबार कालीकोटको सदरमुकाम मान्मामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले, ‘जुन दिन शान्ति सम्झौता भएको दिन थियो । त्यही दिन गिरीजाप्रसाद कोइरालाले लालसलाम र मैले जय नेपाल भनेको हो ।’ यस्तै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन परिवर्तन विरोधी गठबन्धन भएको आरोप लगाए । साथै प्रचण्डले केपी ओलीले यथाअवस्थामा भोट माग्