हरेक समाजको सामाजिक संगठन, बनोट र चरित्र निर्माणमा लैंगिक पक्षको महत्त्वपूर्ण भूमिका हुन्छ । यसरी नै समाजको अभिन्न आयामका रूपमा रहेको आप्रवासनको निर्णय प्रक्रिया, उतारचढाव, त्यसबाट हुने लाभ संस्थागत गर्न र चुनौती सम्बोधन गर्न पनि लैंगिक पक्ष प्रमुख पक्षमा पर्छ । लैंगिक विभेद, यौन र गैरयौनजन्य श्रम शोषण र महिलाका लागि समाजले तय गरेको श्रमका मापदण्डजस्ता श्रमविभेदी विभाजन सबै समाजमा छन् ।