मेगा बैंक नेपालले गागलफेदी यातायातको यात्रीबाहक बसमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सुविधाको सुरुवात गरेको छ । मेगा बैंक र गागलफेदी यातायातबीच क्यूआर कोडबाट भाडा भुक्तानी व्यवस्थाको शुभारम्भ गरिएको हो ।गागलफेदी यातायातले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–१, सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ […]