मेगाको क्यूआर भुक्तानी सेवा जोरपाटीको तरकारी बजारमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोडबाट रकम भुक्तानी व्यवस्थालाई तीव्रताका साथ बिस्तार गरिरहेको छ । नगदरहित कारोबारलाई क्रमशः बिस्थापन गरी डिजिटल भुक्तानीलाई प्रबर्धन गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले आज काठमाडौंको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनुपमा खुञ्जेलीले तरकारी किनेको रकम क्य

सम्बन्धित सामग्री

इसेवाले ल्यायो नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा, अन्तरदेशीय क्यूआर भुक्तानी

काठमाडौँ– इसेवाले नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुचारु भएसँगै भारतीय पर्यटकहरूलाई नेपालमा क्यूआर कोड मार्फत डिजिटल कारोबारको भुक्तानी गर्नलाई सजिलो हुने भएको छ। फोनपे क्यूआर लिएका साना तथा मझौला व्यवसाय संचालन गर्ने इसेवा मर्चेन्टहरूलाई हाललाई यो सेवा उपलब्ध भएको इसेवा प्रा.लि.ले आफ्नो आधिकारिक ब्लगमार्फत जानकारी गराएको छ। नेपालको भुक्तानी सेवा […]

क्रस बोर्डर क्यूआर भुक्तानी सेवा

काठमाडौं– नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इण्डिया (एनपिसिआई) को अन्तर्राष्ट्रिय शाखा एनआइपिएलबीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्युआर भुक्तानी सेवा सुरू गर्न दुई कम्पनी तयार भएको हो । यो साझेदारीको सुरुवात ‘ग्लोबल फिन्टेक फेस्ट २०२३’ मा भएको हो । उक्त फेस्टमा हरेक वर्ष फिन्टेक […]

फोन पे र एनआईपीएलले सुरू गर्‍यो नेपाल-भारत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा

काठमाडौं । नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीएल बीच नेपाल-भारत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा सुरू गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतासँगै नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यूआर भुक्तानी सेवा सुरू गर्न यी दुई कम्पनी तयार भएको हो । उक्त सेवाका लागि दुवै […]

ईबीएल टच २४ मार्फत क्यूआर भुक्तानी सेवा शुरू

काठमाडौं ।  एभरेष्ट बैंकको मोबाइल एप ‘ईपीएल टच २४’ मार्फत स्मार्ट क्यूआर भुक्तानी शुरू भएको छ । बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सोमवार मोबाइल एप प्रयोग गरी स्मार्ट क्यूआरमा भुक्तानी गरेर सेवाको आरम्भ गरेका हुन् । यो सेवा शुरुआत भएसँगै एप प्रयोगकर्ताले भाट–भटेनी, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगायत स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध २ लाखभन्दा बढी मर्चेन्टमा सजिलै भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ । ग्राहकले भुक्तानी गरे लगत्तै रकम सीधै बैंकको खातामा जम्मा हुने सुविधा भएको स्मार्ट क्यूआरले बैंकमा खाता रहेका मर्चेन्टलाई थप सुविधा पुग्ने बैंकको विश्वास छ ।

मोरू डिजिटल वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा

काठमाण्डाै - मोरू डिजिटल वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ । पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल वालेट एपमार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो । यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका १ लाख ६० हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएकाे छ । मोरू वालेट प्रयोगकर्ताले अहिले बिग मार्टमा किनमेल गर्दा मोरू वालेट मार्फत ‘स्मार्ट क्यूआर’  प्रयोग गरी भुक्तानी गर...

नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा सुरु

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ ।

नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा

काठमाडौं (अस) । नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा लिन सकिने भएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नमस्ते पे वालेटमार्फत ग्राहकले सो सेवा लिन सक्ने भएका हुन् । ‘नमस्ते पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिँदै आएका व्यापारी व्यवसायीलाई भुक्तानी दिन सक्नेछन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अहिलेसम्म स्मार्ट क्यूआर सेवा नलिएका विभिन्न व्यापारी व्यवसायीले नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर सेवा लिन सक्ने पनि बैंकले जानकारी दिएको छ । नमस्ते पे वालेट प्रयोग गरी स्मार्ट क्यूआरमार्फत ‘गोल्ड स्टार’का शोरूमहरूमा भुक्तानी गर्दा ३० प्रतिशतसम्म छूट पाइने बैंकको भनाइ छ ।

चाबहिल तरकारी बजारमा सनराइज क्यूआर भुक्तानी सेवा सुरु

सनराइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आज एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले शुभारम्भ गरे ।उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन वा मोबाइल वालेटमार्फत तरकारी बजारमा रहेका पसलहरूमा तरकारी, फलफूल तथा अन्य सामग्रीहरुको खरिद रकमको सजिलै भुक्तानी गर्न सक्नेछन् । ग्राहकहरुको सहजताको लागि बैंकले बजार परिसरमा फ्रि वाइफाईको समेत व्यवस्था गरेको

रुपन्देही जिल्लाको अमुवा बजारमा ज्योति विकास बैंकको क्यूआर भुक्तानी सेवा सुरु

ज्योति विकास बैंकले रुपन्देही जिल्लाको अमुवा बजार तथा त्यसवरपरका क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गरेको छ