रेमिटमार्फत पठाएको रेमिट्यान्स आइएमई पेमा

काठमाडौं । आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत विदेशबाट रेमिटमार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकले सीधै पेबाट प्राप्त गर्न सक्नेछन् । विदेशमा रहेका व्यक्तिले रेमिटको साझेदारमार्फत नेपालमा पठाएको रकम सजिलैसँग पेमा प्राप्त गर्न सकिने भएको हो । आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पेमार्फत सेवाग्राही आफैले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्छन् । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकको पनि सुविधा उपलब्ध गराइएको छ ।

सम्बन्धित सामग्री

आइएमई पेमा रेमिट्यान्स प्राप्त गर्दा ल्यापटप जित्ने अवसर

आइएमई पे रेमिट्यान्समा उपहारको बहार नामक नयाँ अफर सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकलाई लक्षित गर्दै आइएमई पेले यो अभियान सुरु गरेको हो । सो अफर यही साउन १ गते देखि साउनको अन्त्य सम्म चल्ने छ । यो अफर अन्तर्गत विदेशबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पे वालेटमा दाबी गरी प्राप्त गर्ने ग्राहक मध्ये प्रत्येक हप्ता एक भाग्यशाली...

आइएमई मार्फत आएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्दा १०० बोनस

काठमाडौँ। ‘आइएमई पे’ मा आइएमईको केही अन्तरराष्ट्रिय साझेदार मित्रहरु मार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहक वर्गले रु १०० बोनस पाउने छन्। आइएमई पेले आइएमई रेमिट सँगको सम्झौता अन्तर्गत ग्राहक वर्गलाई सजिलै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आईरहेको छ।

रेमिट्यान्स दाबी गर्दा आइएमई पेमा रू. ५० बोनस निरन्तर

काठमाडौं  । आइएमई डिजिटल सोलुसनले ‘आइएमई पे’मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ । संसारको जुनसुकै ठाउँबाट आउने रेमिट्यान्स ‘आइएमई पे’मा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनसको रूपमा प्रदान गरिँदै आएको छ । ‘आइएमई पे’ले सो बोनस रकममा निरन्तरता दिँदै विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गर्न यो योजना लागू गरेकोे कम्पनीले जानकारी दिएको छ । सो बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दाबी गर्दा पनि उपलब्ध हुनेछ । आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गरिँदै आएको छ ।

नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे वालेटमा पाउन सकिने

आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत विदेशबाट नेपाल रेमिट मार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन् । विदेशमा रहेका व्यक्तिले आफुलाई सहज पर्ने नेपाल रेमिटको साझेदार मार्फत नेपालमा रहेका मित्रजन तथा परिवारलाई पठाएको रकम सजिलैसँग आइएमई पेमा प्राप्त गर्न सक्ने छन् । आइएमई...

आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्न सकिने

आइएमई पेले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।अफरअनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधै आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउनेछन् । यो अफर २७ साउनदेखि १० भदौसम्म जम्मा दुई हप्ताका लागि कायम रहेको कम्पनीले जनाएको छ ।यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली […]

आइएमई र अल अहलिया एक्स्चेन्जबीच सम्झौता

संयुक्त अरब एमिरेट्स (युएइ) स्थित अल अहलिया एक्स्चेन्ज र आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ । समझदारीपछि आइएमईमार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन् । यो सम्झौतापछि अल अहलिया एक्स्चेन्ज यूएइबाट नेपालको आइएमई पेमा सिधैं पैसा पठाउने पहिलो एक्सचेन्ज हुने कम्पनीको दावी छ ।यो समझदारी […]