काठमाडौं । आइएमई डिजिटल सोलुसनले ‘आइएमई पे’मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ । संसारको जुनसुकै ठाउँबाट आउने रेमिट्यान्स ‘आइएमई पे’मा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनसको रूपमा प्रदान गरिँदै आएको छ ।
‘आइएमई पे’ले सो बोनस रकममा निरन्तरता दिँदै विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गर्न यो योजना लागू गरेकोे कम्पनीले जानकारी दिएको छ । सो बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दाबी गर्दा पनि उपलब्ध हुनेछ । आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गरिँदै आएको छ ।