आइएमई मार्फत आएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्दा १०० बोनस

काठमाडौँ। ‘आइएमई पे’ मा आइएमईको केही अन्तरराष्ट्रिय साझेदार मित्रहरु मार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहक वर्गले रु १०० बोनस पाउने छन्। आइएमई पेले आइएमई रेमिट सँगको सम्झौता अन्तर्गत ग्राहक वर्गलाई सजिलै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आईरहेको छ।

सम्बन्धित सामग्री

रेमिट्यान्स दाबी गर्दा आइएमई पेमा रू. ५० बोनस निरन्तर

काठमाडौं  । आइएमई डिजिटल सोलुसनले ‘आइएमई पे’मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ । संसारको जुनसुकै ठाउँबाट आउने रेमिट्यान्स ‘आइएमई पे’मा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनसको रूपमा प्रदान गरिँदै आएको छ । ‘आइएमई पे’ले सो बोनस रकममा निरन्तरता दिँदै विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गर्न यो योजना लागू गरेकोे कम्पनीले जानकारी दिएको छ । सो बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दाबी गर्दा पनि उपलब्ध हुनेछ । आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गरिँदै आएको छ ।