सानो चुनाव गर्ने कि ठूलो चुनाव गर्ने सरकार ?

काठमान्डाैं / चुनाव अहिले नभए मंसिरमा, मंसिरमा नभए पनि अर्को वर्ष यही बेला हुन्छ नै । तर, कुन चुनाव कहिले हुने टुंगो नलाग्दा निर्वाचन आयोगमा अन्यौल छाएको छ । चैत २६ गते माओवादी छाडेर एमाले बनेका प्रतिनिधिसभा सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको पद... The post सानो चुनाव गर्ने कि ठूलो चुनाव गर्ने सरकार ? appeared first on Purbeli News.

सम्बन्धित सामग्री

निष्पक्ष चुनाव गराउन तटस्थ सरकार बनाउन माग

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचनमा भाग नलिनेहरूको तटस्थ सरकार बनाउन माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद सुवालले हालसम्मका सरकारहरूले निष्पक्ष चुनाव गराउन नसकेको भन्दै निष्पक्ष चुनाव गराउनका लागि तटस्थ सरकार बनाउनुपर्ने बताए ।उनले निर्वाचनमा भाग नलिनेहरूको मात्रै तटस्थ सरकार बनाउनुपर्ने बताए । सांसद सुवालले निर्वाचनको मिति घोषणा भइसक्दा पनि संसद चलाउनु आचारसंहिता विपरीत रहेको भन्दै संसद बैठक चलाउनु नहुने बताए । उनले तटस्थ सरकार बनाउने पहल गर्

सरकार चुनाव सार्ने षडयन्त्रमा लागेको एमालेको निष्कर्ष

काठमाडौं :  नेकपा एमालेले सरकारले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको छ। गएराति सम्पन्न एमाले सचिवालय बैठकले सरकार चुनाव सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको हो। चुनाव सार्ने षड्यन्त्रलाई निस्तेज पार्ने निर्णय बैठकले गरेको छ। ‘अहिलेको सरकारले २०७९ साल वैशाख ३० गते हुन लागेको चुनावमा जुन प्रकारको षड्यन्त्र भएको छ‚ त्यसको हामी कडा प्रतिवाद गर्छौं। एमालेका प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘सबै कमिटी

ओलीको आरोपः सरकार अध्यादेश ल्याएर चुनाव रोक्ने प्रयासमा छ

धनगढी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अध्यादेश ल्याएर चुनाव रोक्ने प्रयासमा रहेको बताएका छन्। सोमबार बझाङको चैनपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको सरकारले कानुन परिवर्तन गरेर, अध्यादेश ल्याएर चुनाव पर सार्न खोजिरहेको आरोप लगाए। अहिलेको सरकारले स्थानीय तह जनप्रतिनिधिविहीन बनाउन खोजेको भन्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भने, ‘म आग्रह गर्न चाहन्छु, त्यस्तो […]

सरकार पर्दा पछाडिबाट चुनाव नगर्ने षड्यन्त्रमा लागेको छ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकार पर्दा पछाडिबाट अझै स्थानीय तहको निर्वाचन रोक्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।  एमाले र जनताको दबाब थेग्न नसकेर चुनाव घोषणा गरे पनि सत्तारुढ गठबन्धनले चुनाव नचाहेको उनले बताए । नेकपा एमाले रुपन्देहीले सोमवार रोहिणी गाउँपालिकाको धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आगामी वैशाख ३० गते सरकारले घोषणा गरेको चुनाव रोक्ने बहाना एमालेले पूरा हुन नदिने बताए । उनले भने, ‘चौतर्फी दबाबका कारण सत्तारुढ गठ...

जेठ ४ गते एकै चरणमा स्थानीय तहकाे चुनाव गर्न समझदारी

काठमाण्डाै – सरकार र निर्वाचन आयोगबीच आउँदो जेठ ४ गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच आज मङ्गलवार भएको छलफलमा आउँदो जेठ ४ गते स्थानीय तहकाे चुनाव गर्ने समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते चुनाव गर्ने प्रस्ताव गर्नुभएको थियो भने आयोगले पनि त्यही मितिमा चुनाव गर्न सकिने परामर्श दिएको थियो ।छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै चुनावकाे तयारी अ...

वैशाखमा भ्याउँदा पनि भ्याउँदैन, अब जेठमा चुनाव हुन्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले वैशाखमा चुनाव गर्न सम्भव नभएकाले अब जेठमा चुनाव हुनुपर्ने बताएका छन् । अहिलेको कानून अनुसार वैशाखमा नभई चैत्रको ४ अगावै चुनाव गर्नुपर्ने उनको तर्क छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको उच्चस्तरीय संयन्त्रको बैठकले जेठभित्र चुनाव गर्ने गरी मिति तोक्न सरकारलाई सिफारिश गरेको थियो । संयन्त्रको बैठकपछि लोकान्तरसँग कुरा गर्दै संयोजक पौडेलले वैशाखमा चुनाव गर्न अब सम्भव नहुने बताए । ‘...

चुनाव सार्ने सोचाई गलत : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले सरकार र गठबन्धनले चुनाव सार्ने तयारी गरिरहेको भन्दै आपत्ति जनाएका छन् । स्थानीय तहको चुनाव समयमा सम्पन्न गर्नुपर्ने थापाको भनाइ छ । 'स्थानीय तहको पदावधि सकिनु भन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्थालाई उपेक्षा गर्दै चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीय तह संचालन गर्न चाहने सरकार र गठबन्धनको सोचाई गलत छ, 'थापाले लेखेका छन्, 'प्रजातन्त्रको मेरुदण्ड मानिने स्थानीय सरकारको चुनाव समय मै सम्पन्न गरिनुपर्छ।

चुनाव हुन नसके ओली सरकार के हुन्छ ?

काठमाडौं, ८ जेठ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २६ कात्तिक र ३ मंसिर गरी दुई चरणमा हुनेगरी निर्वाचन घोषणा गरेकी छिन् । तर, घोषित चुनाव हुन नसकेमा केपी शर्मा ओली सरकारको भविष्य के हुन्छ ? यो प्रश्न अहिले नै उठेको छ । घोषित चुनाव हुनेमा राजनीतिक दलका कतिपय नेता र कतिपय कानुन व्यवसायीले नै […]

प्रचण्ड भन्छन्– ‘सरकार ढल्छ’, ओली भन्छन्– ‘जुनसुकै बेला चुनाव हुनसक्छ’

काठमाडौं। नेपाली कांग्रेस र माओवादी केन्द्रले छिट्टै सरकार ढल्ने बताइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने कुनै पनि बेला चुनाव हुन सक्ने बताएका छन्। आज १०औं महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। बैठकको निर्णय सुनाउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, “प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कुनै पनि बेला चुनाव हुनसक्ने भएकाले त्यसको लागि तयार रहन भनेको छ।”