चुनाव सार्ने सोचाई गलत : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले सरकार र गठबन्धनले चुनाव सार्ने तयारी गरिरहेको भन्दै आपत्ति जनाएका छन् । स्थानीय तहको चुनाव समयमा सम्पन्न गर्नुपर्ने थापाको भनाइ छ । 'स्थानीय तहको पदावधि सकिनु भन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्थालाई उपेक्षा गर्दै चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीय तह संचालन गर्न चाहने सरकार र गठबन्धनको सोचाई गलत छ, 'थापाले लेखेका छन्, 'प्रजातन्त्रको मेरुदण्ड मानिने स्थानीय सरकारको चुनाव समय मै सम्पन्न गरिनुपर्छ।

सम्बन्धित सामग्री

महाभियोग चुनाव सार्ने षडयन्त्र : ओली

पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा सांसदीय दलका नेता केपी शर्मा ओलीले सत्ता गठबन्धन निर्वाचन नगराउने षड्यन्त्रमा लागेको बताउनुभएको छ । सोमबार विहानबाट सुरु भएको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्ताव गलत भएको बताउँदै सो आरोप लगाउनुभएको हो । उहाँले …

प्रधानन्यायाधीशमाथिको महाअभियोग गलत, एमालेले सुझबुझपूर्ण निर्णय गर्छ : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाली कांग्रेससहितका सत्ताधारी दलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग सर्वथा गलत भएको बताउनुभएको छ । नयाँ बानेश्वरमा आज साेमवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले दर्ता भएको महाअभियोको प्रस्ताव गलत भएको र स्थानीय तहको चुनाव सार्ने षड्यन्त्रका रूपमा यसलाई बुझ्न सकिने बताउनुभएको हो । सत्तापक्ष र प्रतिपक्षबीच संवादको वातावरण बनिरहेका बेला एक्कासी प्रस्ताव दर्ता हुनुमा गम्भीर षड्यन्त्र लुकेको ...

चुनाव सार्ने सोचाई गलतः कमल थापा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले चुनाव सार्ने सोचाई गलत भएको बताएका छन्। सरकार र गठबन्धनले चुनाव सार्ने तयारी गरिरहेको भन्दै आपत्ति जनाउँदै सो सोचाई गलत रहेको थापाको भनाई छ।