प्रदेश २ को नाम र राजधानी तोक्न गठित समितिको प्रस्तावमाथि छलफल सुरु

जनकपुरधाम । प्रदेश २ को नाम र राजधानी तोक्न गठित विशेष समितिले सहमति जुटाउन सकेको छैन । समितिले ६ बुँदे निष्कर्षसहित प्रदेश सभामा आज प्रतिवेदन पेस गरेको छ । प्रतिवेदनमा माघ पहिलो साता गोप्य मतदानमा जान प्रदेश सभालाई अनुरोध गर्ने निष्कर्ष निकालिएको छ । गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, श्रोत साधन,...

सम्बन्धित सामग्री

प्रदेश २ को बैठक आज बस्दै, नाम र राजधानीबारे छलफल

काठमाडौं । प्रदेश २ को प्रदेश सभाको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित नाम र राजधानी अध्ययन विशेष समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । समितिले प्रतिवेदन पेश गरेपछि आज सो विषयमा छलफल हुने प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी […]

‘प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने’

जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने बताएका छन् । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका–७ मा बुधवार आयोजित कार्यक्रममा मन्त्री साहले उक्त जानकारी दिएका हुन् । माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुंगिने उनले बताए । ‘प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको छ,’ मन्त्री साहले भने, ‘प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसद बाहेक सबै सांसद एकै ठाउँमा छन्, नामको सन्दर्भमा पनि छलफल भइरहेको छ ।’ प्रदेशसभाको समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने नैतिक दबाब रहेकाले जसरी पनि प्रदेशको नाम र राजधानीको विषय टुंगिने उनले विश्वास व्यक्त गरे । शीतलहरका बेला लत्ताकपडाको जोहो गर्न नसक्ने विपन्न, गरिब नागरिकलाई प्रदेश सरकारले राहतस्वरुप कम्बल वितरणको कार्यक्रम शुरू गरेको भन्दै सञ्चारमन्त्री साहले चिसो र शीतलहरबाट नागरिकको ज्यान जोगाउन सरकारले आवश्यक तयारी गरिरहेको समेत बताए । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता परमेश्वर साहले जाडोबाट प्रभावित विपन्न नागरिकको जीवन रक्षा गर्नु राज्यको दायित्व भएकाले तीनै तहको सरकार तत्काल यसप्रति गम्भीर हुनुपर्ने बताए । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्र तथा स्थानीय पवन ठाकुरले प्रदेश सरकारले विपन्न नागरिकलाई कम्बल वितरण गरी सराहनीय कार्य गरेको बताए । कार्यक्रममा सञ्चारमन्त्री साहले जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाका ५०० गरिब, विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् ।

प्रदेश-२ को नाम र राजधानी टुङ्गो लगाउन दोस्रो पटक मतदान हुने

२७ पुस, जनकपुरधाम । प्रदेश-२ को नाम र राजधानी टुङ्गो लगाउन दोस्रो पटक मतदान हुने भएको छ । आगमी माघ ३ गते मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशको नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा सबै राजनीतिक दलका सांसद् सहभागी भएको संसदीय समिति गठन भएको थियो । तर, समितिमा पटक-पटक छलफल […]

प्रदेश २ को नामाकरण : दलहरू ‘मधेस प्रदेश’मा सहमति नजिक

प्रदेश २ को नामाकारण विषयमा राजनीतिक दलहरू सहमति नजिक पुगेका छन् । प्रदेशसभामा रहेका दलहरू जनता समाजवादी पार्टी (जसपा), नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस), नेकपा एमाले, माओवादी केन्द्र र नेपाल संघीय समाजवादी पार्टी प्रदेशको राजधानीको विषयमा एकमत रहे पनि नामाकरणको विषयमा फरक(फरक प्रस्ताव दर्ता गराएका थिए ।प्रदेशको नाम र राजधानी टुंगो लगाउन सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठन भएको विशेष समितिले दलहरूसँग सघन छलफल सुरु गरेपछि सकारात्मक नति

प्रदेश नामकरण छलफल सुरु

प्रदेश २ को नामकरणमा सहमति जुटाउन तीन दलबीच मंगलबार जनकपुरमा छलफल थालिएको छ । प्रदेशसभामा नाम र राजधानी तोक्ने कार्यसूची प्रवेश पाएलगत्तै दलहरूले साझा नाममा सहमति जुटाउन प्रयास थालेका हुन् ।

प्रदेश २ सभाको ८ औं अधिवेशन आह्वान

प्रदेशसभाको ७ औं अधिवेशन सम्पन्न भएको झण्डै डेढ महिनापछि प्रदेश २ सभाको ८ औं अधिवेशन आह्वान गरिएको छ । प्रदेश २ सभा सचिवालयले आगामी २९ मंसिरमा प्रदेश सभाको ८ औं अधिवेशन आह्वान गरेको हो । चार दलीय गठबन्धनको सरकार बनेपछि पहिलो पटक प्रदेशसभाको अधिवेशन सुरु हुन लागेको हो ।यो अधिवेशनमा प्रदेशको नाम र राजधानी विषयमा पुनः छलफल हुने बताइएको छ । गठबन्धनको दुई तिहाइको सरकार बने पनि प्रदेशको नाम र राजधानीमा अहिलेबीच सहमति हुन सकेको छैन ।  सभामुख सरोज कुमार यादवले प्रदेशको नाम र राजधानीका लागि सात

नाम र स्थायी राजधानी जुराउँदै प्रदेश-२ : भोकले छटपटिए सांसद

जनकपुर : प्रदेश २ को नाम र स्थायी राजधानी टुंगो लगाउन आज प्रदेश सभामा मतदान हुने भएको छ। अहिले बसिरहेको प्रदेशसभा बैठकले मतदानबाट नाम र राजधानी टुंग्याउन लागिएको हो। बैठकमा अहिले नाम र राजधानीको विषय टुंग्याउन गठित संसदीय विशेष समितिको प्रतिवेदनमा छलफल चलिरहेको छ। सभामुख सरोजकुमार यादवको संयोजकत्वमा रहेको विशेष...

प्रदेश २ को स्थायी राजधानी टुंगो लगाउन आज मतदान

जनकपुरधाम : प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन आज प्रदेश सभामा मतदान हुने भएको छ।  प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानी सम्बन्धी विधेयकमाथि छलफल गर्ने र त्यसपछि मतदानको प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको छ। सभामुख सरोजकुमार यादवको संयोजकत्वमा रहेको विशेष समितिले प्रदेशको स्थायी राजधानी जनकपुर...

प्रदेश २ : स्थायी राजधानी र नामाकरणका लागि आउँदाे मंगलबार मतदान हुने

धनुषा - प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि चैत चार गते मंगलबार मतदान हुने भएको छ । तीन महिनापछि शुक्रबार बसेको प्रदेशसभामा प्रदेशको नाम र राजधानी तोक्न गोप्य मतदानका लागि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्दै चैत ४ गते बिहान ८ बजे मतदान गर्ने सर्वसम्मतिले निर्णय गरिएको थियाे । बैठकमा ...

सर्‍याे, नाम र राजधानी होलीपछि मात्र

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठक पुनः सरेको छ। सभामुख सरोजकुमार यादबले सबै दलको सहमतिमा प्रदेशको नाम र राजधानी टुंगाे लगाउने बताए। सोमबारको  प्रदेशसभा बैठकले प्रदेशको नाम र राजधानी टुंगाे लगाउन बिहीबार तोकेको थियो। उक्त बैठकमा मतदान गर्ने विषय छलफल गर्ने र फागुन २३ गते मतदान ...