एमसीसीविरुद्ध सत्तारूढ दलसहितको आन्दोलन

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग गरिएको सम्झौताविरुद्ध सत्तारूढ दलसहितको आन्दोलनले बुधवार चर्को रूप लिएको छ । राजधानीका विभिन्न स्थानबाट शुरू भएको प्रदर्शनका क्रममा सरकारले दर्जनौं प्रदर्शनकारीलाई नियन्त्रण लिनुपर्‍यो भने संसद् बैठक चल्दा नयाँ बानेश्वर क्षेत्र तनावपूर्ण बनेको थियो । एमसीसी सम्झौता संसद्मा लैजान दबाब दिँदै आएका सत्तारूढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका भातृ संगठनहरूले विरोध प्रदर्शन गरेका हुन् । नयाँ बानेश्वर–बबरमहल–माइतीघर सडकखण्डमा प्रदर्शनकारीले एमसीसी संसद्मा टेबल नगर्न दबाब दिँदै सरकारविरुद्ध चर्को नाराबाजी गरे । विरोध प्रदर्शनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाको समेत उपस्थिति थियो । माओवादी केन्द्र र एकीकृत समाजवादीको आन्दोलन केही उग्र देखिएको थियो भने राप्रपाको विरोध तुलनात्मक रूपमा शन्तिपूर्ण देखिएको थियो । होटल एभरेस्टतर्फको क्षेत्रमा गाडीमा माइक र ब्यानर लगाएका राप्रपाका नेताले आफूहरूको प्रदर्शन शान्तिपूर्ण हुने बारम्बार बताइरहेका थिए । तर माओवादी केन्द्रले नेतृत्व गरेको विरोधको नाराबाजी भने प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध थियो । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेस एमसीसी सम्झौता संसद्बाट तत्काल पास गर्नुपर्ने पक्षमा छ । अनुमोदनको पक्षमा कांग्रेस एक्लै सत्तारूढ गठबन्धनका चार दल तत्कालका लागि एमसीसी सम्झौताको विपक्षमा उभिएपछि अनुमोदनको पक्षमा कांग्रेस एक्लिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा शुरूदेखि एमसीसीको विरुद्धमै थिए । कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) एमसीसी पास गर्नुपर्ने पक्षमा थिए । तर, बुधवारदेखि जसपाले पनि आफ्नो धारणा परिवर्तन गर्‍यो र तत्काल एमसीसी संसद्मा टेबल गर्न नहुने पक्षमा उभियो । जसपाका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहले यथास्थितिमा एमसीसी सम्झौता संसद्मा लैजान नहुने पार्टीको धारणा रहेको बताए । ‘यथास्थितिमा एमसीसी संसद्मा टेबल गर्नु हुँदैन भन्ने हाम्रो दलको औपचारिक धारणा हो,’ साहले भने, ‘संशोधन, परिमार्जन गर्नुपर्छ । नेपालको सार्वभौमसत्तामा आँच पुग्ने कुनै योजना पनि अघि बढाउनु हुँदैन ।’ जसपाका नेता डा. बाबुराम भट्टराईले भने एमसीसी अनुमोदन गर्नुपर्ने धारणा राख्दै आएका छन् । एमसीसी सम्झौता संसद्मा पेश गर्न नहुने पक्षमा रहेको नेकपा माओवादी केन्द्रले संसद्मा टेबल भए सरकार छाड्ने निर्णय नै गरेको छ । बुधवार बिहान बसेको दलको बैठकपछि माओवादी केन्द्रले तीनओटा शर्त अघि सारेको थियो । माओवादीले एमसीसी सम्झौतामा संशोधन, अवरोध खुलेपछि मात्रै संसद्मा पेश र राष्ट्रिय सहमतिको माग गरेको छ । ‘एमसीसीमा रहेका असमान शर्तहरू, असमान प्रावधान संशोधन नगरी यथास्थितिमा यसलाई अगाडि बढाउन र पास गर्न सकिँदैन,’ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘दोस्रो, नेकपा एमालेले संसद्मा अवरोध गरिरहेको छ । अवरोध नखुलाई कुनै पनि एजेन्डा अघि बढाउन सकिँदैन । सदन नियमित गर्न विपक्षी दललाई गठबन्धनले आग्रह गर्नुपर्छ । संसद् खुलाएपछि मात्रै एमसीसीसहितका अन्य एजेन्डा अघि बढाउने बाटो खुल्छ ।’ सत्तामा रहेको अर्काे घटक नेकपा एकीकृत समाजवादीले पनि एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अहिलेको अवस्थामा एमसीसी संसद्मा लैजान पार्टीले साथ दिँदैन । ‘हामी संशोधन नगरी एमसीसी पास गर्ने पक्षमा छैनौं,’ खतिवडाले भने, ‘सरकारमा भए पनि हामी एमसीसीको विपक्षमा उभिन्छौं ।’ गठबन्धनमा एक्लै परेपछि बुधवार संसद्मा एमसीसी टेबल गर्ने कांग्रेसको योजना असफल भएको छ । आज (बिहीवार) सत्तारूढ गठबन्धनभित्रका शीर्ष नेताहरूको बैठक बस्दै छ । यो बैठक निर्णायक हुने अनुमान गरिएको छ ।

सम्बन्धित सामग्री

सत्तारूढ दल बैठकः कसरी गुम्यो १ सिट ?

काठमाडौं । सत्तारूढ प्रमुख चार दलको बैठकले एक सिट गुमाएको ’boutमा गम्भीर छलफल गरेको छ । कोशी र मधेस प्रदेशको सहकार्यका ’boutमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रमुख चार दलको बैठकले राष्ट्रिय सभाको निर्वाचन र परिणामका विषयमा समीक्षा र छलफल गरेको हो । बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का […] The post सत्तारूढ दल बैठकः कसरी गुम्यो १ सिट ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बजेटमा सत्तारूढ दलकै असन्तुष्टि

सरकारले ल्याएको बजेटमा सत्तारूढ दल एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ। सो दलले समानुपातिक वितरण नभएको चारवटा जिल्लालाई मात्र प्राथमिकतामा राखेकाले यथास्थितिमा बजेट पास हुन नदिने अडान राख्दै असन्तुष्टि जनाएको हो।...

नीति तथा कार्यक्रमतिर जुट्यो सत्तारूढ दल

काठमाडौं । सत्तारूढ सात दलीय गठबन्धन सरकारको नीति तथा कार्यक्रम तयारीमा जुटेको छ । पाँच दिनभित्र सरकारको अगामी नीति तथा कार्यक्रम तयारी गर्ने गृहकार्यमा शीर्ष नेता जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तारूढ गठबन्धन बैठकले सरकारको नीति तथा कार्यक्रम बनाउने निर्णय गरेको हो । सात दलीय गठबन्धनले नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं […] The post नीति तथा कार्यक्रमतिर जुट्यो सत्तारूढ दल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्णालीका सत्तारूढ दल निर्णायक छलफलमा

सुर्खेत : कर्णाली प्रदेशका सत्तारूढ दलहरुले आज भागबण्डाको लागि निर्णयक छलफल सुरु गरेका छन्। कर्णालीका सबै जिल्लामा आज गठबन्धनको बैठक सुरु भएको नेकपा  माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए।डोल्पालगायत अन्य केही जिल्लामा समस्या भएकाले थप छलफल गर्नुपरेको इन्चार्ज मल्लले बताए। रुकुम पश्चिममा गठबन्धनको बैठक बस्नुअघि धमाधम उम्मेदवार टुंगो लगाएपछि त्यहाँ थप समस्या देखिएको छ।सबै पालिका माओवादीले जितेको र अर्थमन्त्री जनार्दन शर्माको क्षेत्र भएकाले बल मिच्याइ गरेको अ

सर्वदलीय बैठक एमसीसी केन्द्रितः सत्तारूढ दल नै विभाजित

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अमेरिकी सहयोग परियोजना एमसीसी केन्द्रित बनेको छ । बैठकमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस एमसीसी संसद्बाट जसरी पनि पारित गर्नुपर्ने पक्षमा उभिएको छ भने माओवादी केन्द्र विभाजित बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल एमालेले भने वहिष्कार गरेको छ । प्रधानमन्त्री देउवाले संसद्बाट एमसीसी परियोजना पास गर्नेगरी बैठकमा छलफल अघि बढाएका थिए । तर, सत्तारूढ गठबन्धनमा रहेका दलहरू नै सो विषयमा विभाजित बनेपछि बै...

सर्वदलीय बैठक एमसीसी केन्द्रितः सत्तारूढ दल नै विभाजित

काठमाडौं, पुस ५ ।प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अमेरिकी सहयोग परियोजना एमसीसी केन्द्रित बनेको छ । बैठकमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस एमसीसी संसद्बाट जसरी पनि पारित गर्नुपर्ने पक्षमा उभिएको छ भने माओवादी केन्द्र विभाजित बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल एमालेले भने वहिष्कार गरेको छ […]

सर्वदलीय बैठक एमसीसी केन्द्रितः सत्तारूढ दल नै विभाजित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अमेरिकी सहयोग परियोजना एमसीसी केन्द्रित बनेको छ । बैठकमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस एमसीसी संसद्बाट जसरी पनि पारित गर्नुपर्ने पक्षमा उभिएको छ भने माओवादी केन्द्र विभाजित बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल एमालेले भने वहिष्कार गरेको छ । […] The post सर्वदलीय बैठक एमसीसी केन्द्रितः सत्तारूढ दल नै विभाजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सर्वदलीय बैठक बस्नुअघि सत्तारूढ दलको बैठक बस्दै

काठमाडौं । सत्तारूढ दलको बैठक आज दिन बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । सर्वलदीय बैठक अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाउनु भएको हो । सर्वदलीय बैठक अघि विभिन्न राष्ट्रिय मुद्दामा सत्तारूढ दल भित्र साझा धारणा बनाउन गठबन्धनको बैठक बस्न लागेको स्रोतले बतायो । प्रधानमन्त्री देउवाको आह्वानमा आज ४ बजे सर्वदलीय बैठक बस्दैछ।

क्यानडाको आमनिर्वाचनमा सत्तारूढ दल विजयी, बहुमतबाट भने टाढै

क्यानडामा सोमवार सम्पन्न आमनिर्वाचनमा सत्तारूढ लिबरल पार्टीले लगातार तेस्रोपटक विजय हासिल गरेको छ ।  तर उसले बहुमत चाहिँ ल्याउन सकेन ।  लिबरल विजयी भएपछि एरिन ओ टूलको नेतृत्वमा रहेको कन्जर्भेटिभ पार्टीको भविष्य अन्योलमा छ । उनले हार स्वीकार गरेका छन् ।  क्यानडाको संसदमा कुल ३३८ सीट छन् । अहिलेसम्म लिबरलले १५५ सीट जितेको वा अग्रता हासिल गरेको छ भने कन्जर्भेटिभहरू १२१ सीटमा विजयी वा अग्रताको स्थितिमा छन् ।  प्रधानमन्त्री जस्टिन ट्रुडोले विजयी सम्बोधनमा बताए, ‘अहिलेको समयले वास्तविक तथा मह...

सत्तारूढ दल संसदलाई प्रभावकारी ढंगले अघि बढाउने पक्षमा छैन : बालकृष्ण खाँड

नेपाली कांग्रेस संघीय संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले सत्तारूढ दल संसदलाई अगाडि बढाउने मानसिकतामा नरहेको बताएका छन्