जनकपुरधाम : मानव बेचबिखन तथा ओसारपसार एवं अपहरण मुद्दाका अभियुक्त दम्पतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका– १३ बस्ने जोगिन्द्र पासवानका छोरा ४२ वर्षीय रामजी पासवान र उनकी श्रीमती ३२ वर्षीया विभा पासवान रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए।सो मुद्दामा धनुषा जिल्ला अदालतले २०७७ माघ २२ गते गरेको फैसलामा रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार रुपियाँ जरिवाना सुनाएका हुन्।विभालाई १७ वर्ष कैद र १ लाख ५० हजार जरिवाना