डिभिजन वन कार्यालय तनहुँद्वारा ५ जना पक्राउ

डिभिजन वन कार्यालय तनहुँले विभिन्न मुद्दाका ५ जनालाई पक्राउ गरेको छ । सालको चिरान काठसहित २ जनालाई सोमवार पक्राउ गरिएको वन कार्यालयले जनाएको छ । व्यास नगरपालिका–१ निवासी हर्क थापा र व्यास–१३ निवासी देउबहादुर आलेलाई पक्राउ गरिएको हो । व्यास–१ स्थित देउबहादुर आलेको श्रीराम फर्निचर उद्योगबाट १३०.२ क्यूफिट सालको चिरान काठ बरामद गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । गैंडाको छाला र चित्तलको सिङ ओसारपसार कार्यमा संलग्न जिल्लाको बन्दीपुर–६ निवासी कृष्णबहाद...

सम्बन्धित सामग्री

चुरे उत्खनन गरेको आरोपमा क्रसर सञ्चालक पक्राउ

चुरे तथा वन क्षेत्रमा ढुंगा, गिटी, बालुवा उत्खनन गरेको आरोपमा डिभिजन वन कार्यालय लहानले केही बेरअघि एकजना क्रसर सञ्चालकलाई पक्राउ गरेको छ।...

खुट्टी खोला अवैध दोहनमा संलग्न रहेका चिनियाँ नागरिक पक्राउ

डिभिजन वन कार्यालय लहानले चाइना रेल्वे कम्पनी ग्रुप २ का साइट इन्चार्ज चिनियाँ नागरिक हु स्या छ्याङलाई पक्राउ गरेको छ।...

वन उपभोक्ता समूहका अध्यक्ष अबैध काठसहित पक्राउ

उदयपुरमा एक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अबैध काठसहित पक्राउ परेका छन्। डिभिजन वन कार्यालय उदयपुर गाईघाटले त्रियुगा नगरपालिका–५ स्थित अम्बिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लीलाबहादुर ग्रञ्जा मगरलाई पक्राउ...

घुससहित सव इञ्जिनियर पक्राउ

सहरी विकास तथा भवन कार्यालय पर्साका सव इञ्जिनियर रुपेशकुमार दुवेलाईलाई प्रहरीले एक लाख ७० हजार घुससहित पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई आज पक्राउ गरेको हो । सव डिभिजन वन कार्यालय वसन्तपुर र सव डिभिजन वन कार्यालय मनवामा १७ लाखको लागतमा निर्माण भएको तीन÷तीन कोठे भवनको मूल्याङ्कन गरी दिने बहानामा ठेक्दारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय ब

पर्सामा कार्यरत सव इञ्जिनियर घुससहित पक्राउ

पर्सा– शहरी विकास तथा भवन कार्यालय पर्साका सव इञ्जिनियर रुपेशकुमार दुवेलार्ई प्रहरीले रु एक लाख ७० हजार घुससहित पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई आज पक्राउ गरेको हो । सव डिभिजन वन कार्यालय वसन्तपुर र सव डिभिजन वन कार्यालय मनवामा रु […]

भीमसेन थापा गाउँपालिकाका पूर्वअध्यक्षसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडाैँ- डिभिजन वन कार्यालय गोरखाले जिल्लाको भीमसेन थापा गाउँपालिकाका पूर्वअध्यक्ष ईश्‍वर पाण्डेसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। गाउँपालिकाको वडा नम्बर ८ स्थित भवानी सामुदायिक वनको वन पैदावरमा पाण्डेसहितले हानी नोक्सानी पुर्‍याएको भन्दै पुर्जी जारी गरेको कार्यालयले जनाएको छ। पक्राउ पुर्जी जारी भएकाहरूमा सोही सामुदायिक वनका सचिव, सहसचिवलगायत पनि छन्। ‘वन पैदावरमा हानी नोक्सानीको […]

वन्यजन्तुको अंगसहित एकजना पक्राउ

मोरङ सुन्दहरैँचा नगरपालिका–४ का २४ वर्षीय धर्मबहादुर थापालाई वन्यजन्तुको अंगसहित पक्राउ गरेको डिभिजन वन कार्यालय मोरङले जनाएको छ।...

सर्लाही : चिरान गर्दै गरेको ५० क्युफिट सालको काठसहित एक जना पक्राउ

सर्लाही – सर्लाहीको वाग्मती नगरपालिका ६ भवानीपुरबाट चिरान गर्दै गरेको ५० क्युफिट सालको काठसहित एक जना पक्राउ परेका छन् ।   बरहथवा नगरपालिका १६ कटानी घर भएका ४२ वर्षीय रामचन्द्र महरा चमारलाई पक्राउ गरिएको सब डिभिजन वन कार्यालय मुर्तियाका जम्दार अम्बरबहादुर पाख्रिनले जानकारी दिनुभयो । काठसहित पक्राउ परेका चमारलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सर्लाहीमा पठाएको छ ।  काठ तस्करीमा संलग्न अर्का एक जना भागेका छन् । तस्करले सर्लाहीका जङ्गलबाट साल, सिसौ, खयर जातको काठ तस्करी गर्ने गरेका छन् ।  ...

सव–डिभिजन वन कार्यालय धादिङका प्रमुख ४० हजार घुससहित पक्राउ

काठमाडौं : निलकण्ठ सव–डिभिजन वन कार्यालय धादिङका प्रमुख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेललाई सेवाग्राहीबाट लिएको घुस रकमसहित पक्राउ गरेको हो।सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको अनुसन्धानका क्रममा मुद्दा मुद्दा मिलाइदिने भन्दै घुस मागेको खुलेको अख्तियारले जनाएको छ।कार्यकक्षबाट नियन्त्रणमा दिइएका पौडेलमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए।

डिभिजन वन कार्यालय तनहुँद्वारा पाँच जना पक्राउ

डिभिजन वन कार्यालय तनहुँले विभिन्न मुद्दाका पाँच जनालाई पक्राउ गरेको छ। सालको चिरान काठसहित दुई जनालाई सोमबार पक्राउ गरिएको सो कार्यालयले जनाएको छ।