सर्लाही : चिरान गर्दै गरेको ५० क्युफिट सालको काठसहित एक जना पक्राउ

सर्लाही – सर्लाहीको वाग्मती नगरपालिका ६ भवानीपुरबाट चिरान गर्दै गरेको ५० क्युफिट सालको काठसहित एक जना पक्राउ परेका छन् ।   बरहथवा नगरपालिका १६ कटानी घर भएका ४२ वर्षीय रामचन्द्र महरा चमारलाई पक्राउ गरिएको सब डिभिजन वन कार्यालय मुर्तियाका जम्दार अम्बरबहादुर पाख्रिनले जानकारी दिनुभयो । काठसहित पक्राउ परेका चमारलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सर्लाहीमा पठाएको छ ।  काठ तस्करीमा संलग्न अर्का एक जना भागेका छन् । तस्करले सर्लाहीका जङ्गलबाट साल, सिसौ, खयर जातको काठ तस्करी गर्ने गरेका छन् ।  ...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।