दाङ – दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिस्पर्धीसँग मतान्तर घटाउँदै लैजानुभएको छ ।
अहिले अग्रस्थानमा रहनुभएकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १९ हजार ७ सय ७२ मत प्राप्त गर्नुभएको छ । शर्मालाई पछ्याइरहनुभएका पोखरेलले १८ हजार ७ सय ५८ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीचको मतान्तर १ हजार १४ मा झरेको हो ।
दाङ क्षेत्र नम्बर २ मा ७९ हजार ४ सय ३७ मत खसेकोमा अहिलेसम्म ५४ हजार ६ सय ७ मतगणना भएको छ ।