काठमाण्डाै – नेकपा एमालेले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा मौन अवधि घटाउन आग्रह गरेको छ । निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आचारसंहिता २०७९ सम्बन्धमा आफ्ना तर्फबाट सुझाव दिँदै एमालेले आयोगसमक्ष मौन अवधि घटाएर २४ घन्टा कायम गर्न आग्रह गरेको हो । आयोगको प्रस्तावित आचारसंहितामा मौन अवधि ४८ घण्टा छ ।
एमालेले आज साेमवार आयोगलाई निर्वाचन आचारसंहिताले चुनावकाे स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थताजस्ता पक्षमा ध्यान दिइ निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने बनाउनुपर्ने सुझाव दिएको छ ।
...