काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिबीच उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्। संविधान दिवसका अवसरमा सन्देश दिँदै सभामुख सापकोटाले संविधान जारी भएपछि सङ्घीय संसद्, प्रतिनिधि सभाको पहिलो कार्यकालमा संविधान रक्षाका लागि अनेक पहल पनि भएका उल्लेख गरेका हुन्। उनले लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै काम भएको उल्लेख गर्दै यसबीचको अवधिमा भएका कमीकमजोरी सच्याएर आगामी दिनमा हुने थप अभ्यासबाट संवि