खोटाङ। खोटाङको साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत सोमबार वडा ३ खिदिमास्थित मानेभञ्ज्याङ-पाँचधारे सडकखण्डमा सरसफाइ गरिएको छ। साबिक खिदिमा गाविस ६ ढाँडे टोलका २१ जनाको सहभागितामा करिब दुई किलोमिटर सडक सरसफाइ गरिएको हो। सडकको दायाँ-बायाँ फैलिएका झाडी तथा विभिन्न प्रजातिका बोटबिरुवा र भलबाढीका कारण थुनिएका नालीले सडक साँघुरो बनाएपछि स्थानीय जनश्रमदानमा जुटेका हुन्। […]
काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राष्ट्रको अस्तित्वलाई बचाउने हो भने राष्ट्रवादी चिन्तन, राष्ट्रवादी योजना, राष्ट्रवादी व्यवहार र सँगसँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पनालाई अघि सार्नु पर्नेमा जोड दिएकी छन् । मंगलबार राजधानीमा मदन–आश्रित स्मृति प्रतिष्ठानले ‘महाधिवेशनका सन्देश र राजनीतिक निकास’ विषयमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘हामी राजनीतिक […]