तनहुँ क्षेत्र नम्बर १ मा मतान्तर बढाउँदै रामचन्द्र पौडेल

तनहुँ - तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले मतान्तर बढाउँदै लैजानु भएको छ । पछिल्लो मतपरिणाम अनुसार पौडेलले १० हजार १ सय ४० मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले ८ हजार ५ सय ६३ मत पाउनु भएको छ ।  उहाँहरुबीच एक हजार ५ सय ७७ मतको अन्तर छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २ हजार ३ सय ९९ मत पाउनु भएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको तनहुँमा क्षेत्र नम्बर २ बाट कांग्रेसका शङ्कर भण्डारी विजयी हुनुभएको छ ।

सम्बन्धित सामग्री

तनहुँमा तीन जनाबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं । तनहुँ क्षेत्र नम्बर –१ मा आगामी बैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्तासँगै चुनावी माहोल तातिएको छ । गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरेर विजयी बन्नु भएको थियो भने पौडलको निकटतम […]

तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन्। तनहुँ क्षेत्र नम्बर १ बाट उनी निर्वाचित भएका हुन्। आज बिहान सकिएको मतगणनामा उनले २५ हजार ३ सय १८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानामगरले १९९४३ मत प्राप्त गरेको तनहुँ १ का मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले […]

तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन्। तनहुँ क्षेत्र नम्बर १ बाट उनी निर्वाचित भएका हुन्। आज बिहान सकिएको मतगणनामा उनले २५ हजार ३ सय १८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानामगरले १९९४३ मत प्राप्त गरेको तनहुँ १ का मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले जानकारी दिए।

रामचन्द्र पौडेललाई एमालेका एकबहादुर रानाले पछि पारे

काठमाडौँ– तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन्। ९ हजार ७ सय ५६ मत गणना गन्दा पौडेलका प्रतिस्पर्धी एमालेका उम्मेदवार एकबहादुर रानाले ३३४२ मत ल्याएका छन्। कांग्रेसका उम्मेदवार पौडेलले ३२१० मत ल्याएका छन्। पौडेल यहाँ अहिले पछि परेका छन्। यहाँ राप्रपाका उम्मेदवारले ५२२ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२९० […]

तनहुँ १ मा पछि परे रामचन्द्र पौडेल

६ मंसिर, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १३२ मत अन्तरले पछि पारेका हुन् । ९ हजार ७५६ मत गणना हुँदा रानाले ३ हजार ३४२ र कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका […]

तनहुँ १ मा रामचन्द्र पौडेल अगाडि

तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार रामचन्द्र पौैडेलले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेले ६ सय ३३ मत प्राप्त गरेका छन् । तीन सय ८० मतसहित एमालेका एक...

तनहुँ क्षेत्र नम्बर १ मा पौडेल, राना र जोशीको  त्रिपक्षीय प्रतिस्पर्धा

तनहुँ – आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा तनहुँ क्षेत्र नम्बर १ सबैको चसो र चर्चाको विषय बन्न पुगेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उहाँका परम्परागत प्रतिस्पर्धी गोविन्दराज जोशीका कारण पनि तनहुँ–१ मा सबैको चासो बढेको हो । यति मात्र होइन सत्ता गठबन्धनका उम्मेदवार पौडेल, नेकपा एमालेका उम्मेदवार एक बहादुर राना र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीबीच भइरहेको रोचक चुनावी प्रतिस्पर्धाले सबैको ध्यान खिचेको छ । तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका लागि १५ जना उम्मेदवार चुनावी म...

रामचन्द्र पौडेलको चुनाव क्षेत्रबाट भट्टराईको पनि दावी

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार दावी गरेका छन् । नेता रामचन्द्र पौडेल उम्मेदवार हुँदै आएको यो क्षेत्रमा भट्टराईले पनि उम्मेदवारी दावी गरेका हुन् । पौडेल र भट्टराई दुवैको घर तनहुँको निर्वाचन क्षेत्र १ मा पर्छ । यही क्षेत्रमा कांग्रेसका अर्का केन्द्रीय सदस्य […]

रामचन्द्र पौडेल भन्छन्– तनहुँ–१ बाटै चुनाव लड्छु

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनमा आफू तनहुँ क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने बताएका छन् ।

रामचन्द्र पौडेल भन्छन् : जहाँबाट चुनाव हारें, त्यहीँबाट जितेर मात्र मर्न चाहन्छु

३ भदौ, पोखरा । तनहुँ क्षेत्र नम्बर १ मा यसअघि चुनाव हारेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक पनि उम्मेदवारी दिने बताएका छन् । तनहुँमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले आफू उम्मेदवार हुँदा अरुको दाबी नहुने जिकिर गरेका छन् । यसअघि चुनाव हारेको क्षेत्रबाट चुनाव जितेरमात्र आफू मर्न चाहेको पौडेलले बताएका छन् । ‘मैले साथीहरुलाई […]