लुम्बिनीसहित विभिन्न बौद्ध स्थलमा २५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस विशेष कार्यक्रम गरेर मनाउने तयारी गरिएको छ । विगत दुई वर्षदेखि कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण स्थगित हुँदै आएको बुद्धजयन्ती तथा लुम्बिनी दिवस यस पटक विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउने तयारी भएको लुम्बिनी विकास कोषले जनाएको हो ।