भरतपुर- भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन्। गठबन्धनको भागबन्डामा माओवादीको भागमा परेको भरतपुर महानगरपालिकाको मेयरमा फेरि उम्मेदारी दिन दाहालले पदबाट राजीनामा दिएकी हुन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्न लागेकी दाहालले शुक्रबार उपप्रमुख पार्वती शाह ठकुरीलाई राजीनामापत्र बुझाएकी हुन्। निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा […]