भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शुक्रबार पदबाट राजीनामा दिएकी छिन् । फेरि मेयर पदमा उठ्ने भएपछि उनले पदबाट राजीनामा दिएकी हुन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले भरतपुरको मेयर पद पाएको छ भने त्यसमा माओवादीले रेनु दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । दाहालले शुक्रबार दिउँसो उपमेयर समक्ष राजीनामा बुझाएकव माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र (आरसी) अधिकारीले बताए। ‘भरतपुरकी मेयरज्यूले आज उपमेयरलाई राजीनामा दिनुभएको छ,’ अधिकारीले भने । 

सम्बन्धित सामग्री

फेरि चुनाव लड्न रेनु दाहाल र विजय सरावगीले दिए मेयरबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले पदबाट राजीनामा दिएका छन् । स्थानीय चुनावमा फेरि मेयरको उम्मेदवार लड्न उनीहरूले निर्वाचन आचारसंहिताअनुसार राजीनामा दिएका हुन् । २०७४ सालको स्थानीय चुनावमा कांग्रेसको समर्थनप्राप्त माओवादी उम्मेदवार रेनुले जित हासिल गरेकी थिइन् । उनलाई यसपालि पनि गठबन्धनहरूको समर्थनमा माओवादीले मेयरमा दोहोर्‍याउने तयारी गरेको […]